26.1 C
Birgunj
Date
शुक्र, मंसिर १२, २०८३
Fri, November 27, 2026
spot_img

राष्ट्रपति र रास्वपा सभापति लामिछानेबीच समसामयिक विषयमा छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक अवस्था तथा अन्य विविध विषयमा छलफल भएको जनाइएको छ । राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र देशसँग सम्बन्धित समसामयिक विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भएको यस भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । यद्यपि, भेटमा भएका छलफलका विस्तृत विषयवस्तु भने सार्वजनिक गरिएको छैन ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here