21.2 C
Birgunj
spot_img

वीरगंज महानगरको बेरुजु घट्दै, ६७ करोडबाट २२ करोडमा झर्यो

वीरगंज,१२ जेष्ठ । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको नेतृत्वमा आर्थिक पारदर्शितातर्फ उल्लेखनीय प्रगति गर्न सफल भएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले वीरगंजमा बेरुजु रकम उल्लेख्य रूपमा घटेको देखाएको हो ।

२०७८÷७९ मा ६७ करोड ७८ लाख १० हजार रुपैयाँ रहेको बेरुजु रकम क्रमिक रूपमा घट्दै २०७९÷८० मा ५० करोड ९१ लाख ५० हजारमा सीमित भयो । सोही वर्षमा पेश्की बेरुजु समेत झरेर ७८ लाख ८१ हजार रुपैयाँ मात्र देखिएको थियो ।

गत आर्थिक वर्ष २०८०÷८१ मा भने वीरगंजको बेरुजु झनै घट्दै २२ करोड ७५ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । यसमध्ये पेश्की बेरुजु त झनै न्यून हुँदै ५१ लाख ५० हजार रुपैयाँमा झरेको छ ।

६ अर्ब २८ करोड १६ लाख ५१ हजार रुपैयाँ बराबरको रकमको लेखापरीक्षण हुँदा जम्मा ३.६२ प्रतिशत मात्र बेरुजु देखिनु वीरगंजको आर्थिक सुशासनको प्रमाण भएको विश्लेषण गरिएको छ ।

महानगरका आन्तरिक लेखा परीक्षक हरिशंकर कुर्मीले खर्च प्रक्रिया पारदर्शी र विधिसम्मत बनेकोले बेरुजु घट्न सकेको बताए । कुर्मीका अनुसार कर्मचारीहरूले कार्यविधि पूर्ण पालना गरेका छन् भने वर्तमान जनप्रतिनिधिहरूबाट अनावश्यक दबाब पनि परेको छैन ।

मेयर सिंहले आफूले कुनै पनि भुक्तानी प्रक्रियामा हस्तक्षेप नगरेको स्पष्ट पार्दै, “कानुन, नियम र प्रक्रिया अनुसार मात्रै काम गर्न निर्देशन दिने गरेको छु,“ भने । उनले थपे, “बेरुजु कम गर्दै जनविश्वास जित्नु हाम्रो प्राथमिकता हो ।”

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here