31.4 C
Birgunj
Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
spot_img

प्रहरी कर्मचारीको मेहनतले पर्सा जिल्ला उत्कृष्ट : एसपी पाठक

वीरगंज,१० जेष्ठ । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले गरेको मूल्यांकनमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह तथा समग्र कार्यक्षमतासम्बन्धी विभिन्न सूचकका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट ठहरिएको हो । 

उत्कृष्ट कार्यसम्पादन गरेबापत मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकलाई प्रशंसापत्रसहित सम्मान गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयले वार्षिक रूपमा जिल्ला प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्यांकन गर्दै आएकोमा यस वर्ष पर्सा जिल्ला प्रहरी कार्यालयले समग्र सूचकमा उत्कृष्ट नतिजा हासिल गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन, अपराध नियन्त्रणमा प्रभावकारी कार्य, नागरिक सेवा प्रवाहमा चुस्तता तथा प्रहरी गतिविधिमा देखिएको सक्रियता लगायतका आधारमा पर्सा जिल्ला उत्कृष्ट घोषित भएको हो ।

सम्मान ग्रहणपछि प्रहरी उपरीक्षक सुदीप राज पाठकले प्राप्त उपलब्धि सम्पूर्ण प्रहरी कर्मचारीको सामूहिक मेहनत, समर्पण र नागरिकको सहयोगको परिणाम भएको बताएका छन् । उनले आगामी दिनमा पनि अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश प्रहरी कार्यालयले यस प्रकारको मूल्यांकनले प्रहरी संगठनमा प्रतिस्पर्धात्मक भावना विकास हुनुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here