13.1 C
Birgunj
spot_img

सडक अबरुद्धपछि दाउन्ने एकतर्फी सञ्चालनमा, कान्ति लोकपथ सक्रिय

बुटवल,१० जेष्ठ । शुक्रबार रातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड एकतर्फी खुलेको छ। बर्दघाट नगरपालिका–४ खुर्सानी खोला नजिकै सडक भत्किएपछि सवारी साधन आवागमन बन्द भएको थियो। आज बिहान ७ बजेबाट भत्किएको सडक मर्मतको काम सुरु गरी १० बजेदेखि तत्कालका लागि एकतर्फी सडक सञ्चालनमा ल्याइएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाले जानकारी दिए।

दाउन्ने सडक खण्ड केहि दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो। बुटवल–नारायणगढ सडक विस्तारका क्रममा दाउन्ने खण्डको करिब २० किलोमिटर सडक पीच हुन बाँकी छ। निर्माणाधीन सडकका कारण सो खण्डमा वर्षा हुने बित्तिकै सवारी साधन आवागमनमा समस्या हुँदै आएको छ।

कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालन
यस्तै वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। कान्ति लोकपथको बागमती पुल खण्डको बाटो मर्मत गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बगाएपछि गए रातिदेखि कान्ति लोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here