18.9 C
Birgunj
HomeBannerकुम्भ मेला बाट फर्किँदै गरेको स्कोर्पियो दुर्घटना हुदा ५ जना नेपाली को...

कुम्भ मेला बाट फर्किँदै गरेको स्कोर्पियो दुर्घटना हुदा ५ जना नेपाली को मृत्यु

माघ १९,

बिरगंज ,भारतको प्रयागराज कुम्भ मेला बाट फर्किँदै गरेको भारतीय गाडी दुर्घटना भएको हो।

दुर्घटना  हुँदा गाडी मा सवार  ५ जना  नेपाली  मृत्यु भएको खुलेको छ ।
अन्य ४जना घाइतेको भारतमै उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय धनुषा ले जनाएको छ ।घटना आज साँझ भारतको मुजफ्फरपुरमा भएको हो। दुर्घटनामा पर्नेहरू महोत्तरी र धनुषाका रहेको खुलेको  छ ।
उक्त दुर्घटनामा परेर  मृत्यु हुनेमा ४५ वर्षकी मन्तार्नी देवी, ३० वर्षीया अर्चना ठाकुर, ६० वर्षका बालाकृष्ण झा, ५ वर्षकी इन्दु देवी र गाडी चालक समेत रहेका छ्न ।
दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र जगतारण देवी घाइते भएकाछ्न र उनीहरूको भारतको मुजफ्फरपुरको श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकरी दिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here