14.1 C
Birgunj
HomeBannerबारामा शनिबार विहान कार भित्र फेला परेको शवको पहिचान खुलेको...

बारामा शनिबार विहान कार भित्र फेला परेको शवको पहिचान खुलेको छ

पुष ६,बारा । बारामा आज शनिबार विहान फेला परेको शवको पहिचान खुलेको छ ।

बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर–११ मा बागमती प्रदेश ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र मृत अवश्थामा भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टि गरेको छ ।

कारभित्र फेला परेको उक्त शव प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बा रहेको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले बताए  ।

खड्का अनुसार मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए ।

खड्का भने, मृतक राजकुमा रुम्बाले राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टर श्रीकान्त तिवारीको गाडी काम विशेषले गाडी मागेर गएको र  आज सनिबार विहान उनि  मृत भेटिएका हुन ।’

रुम्बाको टाउकोमा चोट देखिन्छ, रगत पनि निस्केको छ हत्या गरिएको अनुमान रहेतापनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न न सकिने अवस्थारहेको  बारा प्रहरी प्रमुख खड्काले बताए ।

खड्काले  भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, हामीले छुट्टै टोली खटाएका छौं । सम्बन्धित सबैसंग सोधपुछ चलिरहेकोले अहिले केही बोल्न सकिने अवस्था नरहेको उनले बताए ।
मृतक सवार रहेको  गाडी बारा सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको बारा प्रहरीले जानकारी दिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here