14.1 C
Birgunj
Homeसमाचारस्थानियलोकराज अवस्थीको संयोजकत्वमा अनलाइन पत्रकार सञ्जाल नेपालको गठन

लोकराज अवस्थीको संयोजकत्वमा अनलाइन पत्रकार सञ्जाल नेपालको गठन

मानिकचन साह
वीरगंज १९ असाेज
स्वरोजगार अनलाइन मिडियामा कार्यरत प्रकाशक र पत्रकारहरुको व्यवसायिक हकहितका लागि क्रियाशील रहने उदेश्यले अनलाइन पत्रकार संजाल नेपाल (ओजोन)को गठन भएको छ । अनलाइन पत्रकारिताको व्यवसायिक गुणस्तर र क्षमता अभिबृद्धिका लागि पहल गर्ने उदेश्य लिएर आइतबार सञ्जालको समन्वय समितिको गठन भएको हो । आजभोली डट कमका प्रकाशक सम्पादक लोकराज अवस्थीको संयोजकत्वमा १३ सदस्यीये संयोजन समितिको गठन गरिएको छ । त्यस्तै सदस्यहरुमा शिवराज योगी, पदम राज जोशी, शिवराज खड्का, माधवप्रसाद घिमिरे, निरोज तोलाङे, हरिवहादुर परियार, सरिता तिमल्सिना पंगेनी, विष्णु प्रसाद बेल्वासे, गोपाल वराइली, मीन वम, कमला हमाल र श्रवण प्रसाद साह रहेका छन् ।
संजालले देशभर अनलाइन पत्रकारिताको व्यवसायिक गुणस्तर र क्षमता अभिबृद्धिका लागि पहल गर्ने, सूचना प्रविधिको क्षेत्रमा आएका नविनतम प्रविधिको प्रयोगमा पत्रकारहरुलाई अभ्यस्त गराउन पहल गर्ने, अनलाइन पत्रपत्रिका दर्ता, नविकरण तथा आवद्धता गराउने काममा सरकारी तहमा हुने अनावश्यक कानूनी झण्झट, झमेलालाई सहजिकरण गर्न पहल गर्ने र अनलाइन सञ्चारमाध्यमका लागि न्यायोचित रुपमा विज्ञापन वितरणका लागि पहल गर्ने उद्धेश्य संस्थाले लिएको छ ।
देशभर छरिएका दर्ता भएका स्वरोजगार अनलाइन मिडियामा त्यसमा कार्यरत पत्रकार, सञ्चारकर्मीलाई एक सूत्रमा बाँधी उनीहरूको क्षमता अभिवृद्धि गर्ने, अनलाइन सञ्चार क्षेत्रमा आबद्ध गराई ब्यवसायिक पत्रकारिताका लागि पहल र पैरवी गर्ने संयोजक अवस्थीले जानकारी दिए । उनले कुनै संस्था फुटेर नयाँ संस्था स्थापना गरिएको नभएर यो विशुद्ध नेपाली अनलाइन पत्रकारितालाई ब्यवसायिक रूपले अगाडि बढाउन पत्रकारको क्षमता, स्तर र अनुभवलाई राष्ट्रियकरण गर्दै नेपाल र नेपालीहरुको हितमा काम गर्न ‘ओजोन’ को स्थापना भएको बताउनुभयो ।
‘देशभर छरिएका सम्पूर्ण अनलाइन पत्रकारहरू, अनलाइन पत्रकारितासँग सम्वन्धित संघ संस्थाहरू सबैलाई ओजोन स्वागत गर्दछ र पत्रकार र पत्रकारिताको हितका लागि यस महान अभियानमा सहभागी हुन र सहकार्य गर्न सवैमा आव्हान गर्दछु,’ संयोजक अवस्थीले भने ।
Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here