36.2 C
Birgunj
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
spot_img

वीरगंजमा धुमधामका साथ चैते दशैंको मौलो पूजा

वीरगंज,१२ चैत । चैते दशैंको पावन अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा तथा अर्चना सम्पन्न भएको छ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज कार्यालय परिसरमा परम्परागत विधिअनुसार मौलो पूजा गर्नुभएको हो। महानगर प्रहरी तथा बारुण यन्त्र (दमकल) तर्फ स्थापना गरिएको मौलोमा पूजा गर्दै उहाँले नगरवासीको सुख, शान्ति, समृद्धि तथा विपद्बाट सुरक्षाको कामना गर्नुभयो।

हरेक वर्ष चैते दशैंका अवसरमा गरिने यस पूजा कार्यक्रमले धार्मिक आस्था संरक्षण गर्नुका साथै सुरक्षा निकायप्रति सम्मान प्रकट गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ। कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महानगर प्रहरी तथा बारुण यन्त्रका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

पूजा पश्चात नगर प्रमुख सिंहले धार्मिक तथा सांस्कृतिक परम्पराले समाजमा सकारात्मक ऊर्जा र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता संस्कारहरूको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो।

चैते दशैं नेपाली हिन्दू समुदायले शक्ति स्वरूपा देवीको आराधना गरी मनाउने महत्वपूर्ण पर्व हो। यस अवसरमा देशभरका शक्तिपीठ तथा सार्वजनिक स्थलहरूमा विशेष पूजा, आराधना र विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गर्ने परम्परा रहिआएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here