30.5 C
Birgunj
Date
सोम, असार २२, २०८३
Mon, July 6, 2026
spot_img

वैदेशिक रोजगारी ठगी प्रकरण : पीडितबाट ३९ लाख असुलिएको खुलासा

काठमाडौं,२१ असार । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन्। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको अभियोगमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सरोज पन्त र रामेछापका अनिल खत्री रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सरोज पन्तले एक जना बेरोजगार युवालाई आयरल्यान्ड पठाइदिने आश्वासन दिँदै रु १६ लाख ठगी गरेका थिए। त्यसैगरी अनिल खत्रीले दुबई पठाइदिने बहानामा छ जनाबाट रु २३ लाख रकम असुलेको आरोप लागेको छ।

यसरी वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै दुवै अभियुक्तले जम्मा रु ३९ लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा चलान गरिएको छ।

यसैबीच, नियमित गस्तीमा खटिएको प्रहरी टोलीले काठमाडौं, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाका विभिन्न स्थानबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here