25.1 C
Birgunj
Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026
spot_img

लिटिल एन्जल्स स्कुलमा आपसी सद्भाव र एकतासहित दशैं मनाइयो

वीरगंज,२९ असोज । वीरगञ्जस्थित लिटिल एन्जल्स सेकेन्डरी स्कुलको आयोजनामा विजयादशमीको अवसर पारेर दशैं टीका तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक सन्नी पाख्रिनको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक तथा कर्मचारीहरूले दशैंको टीका ग्रहण गर्दै एकअर्कामा विजयादशमीको शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रममा दशैं पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे चर्चा गरिएको थियो। दशैंले समाजमा आपसी सद्भाव, भाइचारा, एकता र मेलमिलापको भावना अभिवृद्धि गर्नुका साथै परिवार तथा समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

सो अवसरमा प्रधानाध्यापक पाख्रिनले सम्पूर्ण शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे। उनले यस्ता सांस्कृतिक कार्यक्रमले विद्यालय परिवारका सदस्यहरूबीच आत्मीयता, सहकार्य र आपसी सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रमले विद्यालय परिवारबीच खुसी, सद्भाव र एकताको भावना अभिवृद्धि गर्नुका साथै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत जोड दिएको थियो।

विजयादशमीको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस् भन्ने कामनासहित कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here