कलैया बारा
बैराटपुर, बारा। बाराको कलैया उपमहानगरपालिका–२३ बैराटपुरमा दोस्रो वर्ष आयोजना गरिएको दुर्गा पूजा धार्मिक विधिअनुसार सम्पन्न भएको छ।
पूजाको १०औ दशौ दिन आज दुर्गा पुजा पुर्नावति सम्पन्न भए पछि आचार्य, सहायक आचार्य तथा जजमानहरूलाई प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको छ।
नौ दिनसम्म सञ्चालन भएको दुर्गा पूजामा आचार्य वीरेन्द्र शुक्ला र सहायक आचार्य सोनु मिश्रले माता दुर्गाको पाठ तथा पूजापाठ गराएका थिए।
कलैया २३ बैराटपुरमाभएको पुजन कार्यक्रम प्रथम चौकाका जजमान मदन राउत कुर्मी तथा सहायक चौकाका जजमानहरू रामबाबु पटेल, विनोद पटेल, रम्भु राउत कुर्मी, सुरेश पटेल, रामप्रसाद कुर्मी र बदरी राउत कुर्मीलगायतलाई प्रमाण पत्र र गम्छा लगाई सम्मान गरिएको थियो।
दुर्गा पूजा समितिका अध्यक्ष रणबहादुर कुर्मी, कोषाध्यक्ष असर्फी पटेल, सचीव सहिन्दर पटेल, रामविद्या पटेल, कमल सिंह र सोनु पटेललगायत टोलबासिहरुको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो।
दोस्रो वर्ष आयोजित दुर्गा पूजाले स्थानीय कलैया २३ का स्थानीय बासिको आर्थिक सहयोले भएको धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा ठुलो सहयोग पुर्याएको र यस्ता धार्मिक कार्यक्रमले समाजमा आपसी सद्भाव, सहयोग र एकतालाई प्रोत्साहन गर्ने तथा एक आपसमा सद्भाव कायम रहने विश्वास गरिएको पुजा समितिका अध्यक्ष रनबहादुर कुर्मिको बताए ।

