35 C
Birgunj
Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
spot_img

नेपालमा नयाँ राजदूतहरूको आगमनसँगै कूटनीतिक सक्रियता बढ्यो

काठमाडौँ,०७ जेष्ठ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नियुक्त विभिन्न चार देशका राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहका बीच नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।  

राष्ट्रपतिको कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र बुझाउनेहरूमा रूसी महासङ्घका आवासीय राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभत्सेभ रहेका छन् ।

यसैगरी अन्य तीन देशका गैरआवासीय राजदूतहरूमा लक्जमबर्गका क्रिष्टियन बिभर, अस्ट्रियाका डा. रोबर्ट जिस्कर तथा इस्लामिक गणतन्त्र इरानका डा. मोहम्मद फथाली रहेका छन् ।

नवनियुक्त राजदूतहरूलाई सम्मानस्वरूप लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमा सवारी गराइएको थियो । सो अवसरमा परम्परागत शैलीमा गरिएको स्वागत कार्यक्रमले कूटनीतिक सम्बन्धको औपचारिकता र सम्मानलाई झल्काएको थियो ।

विशेष समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिएका छन् ।

नेपालमा विभिन्न देशका राजदूतहरूको नियुक्ति र ओहोदाको प्रमाणपत्र पेससँगै कूटनीतिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here