33 C
Birgunj
Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026
spot_img

नारायणी रंगशालामा खेलाडीको जमघट, रनिङ शिल्ड प्रतियोगिता हुँदै

वीरगंज,०४ जेष्ठ । पर्सा जिल्ला खेलकुद विकास समितिले जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । जिल्लाका विद्यालय तहका खेलाडीहरूको सहभागितामा हुने प्रतियोगिता आगामी जेठ ८, ९ र १० गतेसम्म वीरगंजस्थित नारायणी रंगशाला मा सञ्चालन गरिने समितिले जनाएको छ । 

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दोलगायत विभिन्न खेल समावेश गरिएका छन् । जिल्लाभरका १४ वटै स्थानीय तहबाट खेलाडीहरूको सहभागिता रहने बताइएको छ । प्रतियोगिताले विद्यालय तहमा रहेका प्रतिभावान खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न पालिका प्रतिनिधि, खेलप्रेमी तथा सरोकारवालाहरूलाई उत्साहजनक सहभागिताका लागि समितिले अनुरोध गरेको छ । प्रतियोगितालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन आवश्यक तयारीलाई तीव्र पारिएको जनाइएको छ ।

यसैबीच, पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक साह कानु को अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको तयारीलाई थप तीव्र बनाउने निर्णय गरेको हो ।

बैठकमा पर्सा जिल्ला खेलकुद विकास समितिका प्रमुख महम्द नाजिर हुसेन, पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रहरी नायब उपरीक्षक मोहनराज निरौला, श्रीजंग गण वीरगंजका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की तथा नेपाल खेलकुद पत्रकार मञ्च पर्सा का अध्यक्ष तिवारी यादवलगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितालाई सफल बनाउन सुरक्षा व्यवस्थादेखि खेल मैदान व्यवस्थापन, खेल सामग्री तयारी तथा सहभागी खेलाडीहरूको समन्वयलाई प्राथमिकतामा राखिएको समितिले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here