25.8 C
Birgunj
Date
शुक्र, बैशाख २५, २०८३
Fri, May 8, 2026
spot_img

स्वाबलम्बन लघुवित्तको सेयर १२.१९ प्रतिशतले उकालो

काठमाडौँ,२४ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार सामान्य सुधारसहित बन्द भएको छ । अघिल्लो कारोबार दिन घटेको सेयर बजार यस दिन पुनः हरियालीमा फर्किएको हो ।  

बिहीबार नेप्से परिसूचक ६.९४ अंकले वृद्धि हुँदै २७१८.१६ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ०.९५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंकले उकालो लागेको छ ।

बजार परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । बुधबार ३ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३३४ कम्पनीका ४५ हजार ६५ पटक भएका कारोबारमार्फत २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरका ६६ लाख ८४ हजार कित्ता सेयर खरिद–बिक्री भएका छन् ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहका परिसूचक बढेका छन् भने ५ उपसमूह ओरालो लागेका छन् । व्यापार उपसमूह सर्वाधिक १.५७ प्रतिशतले बढेको छ । यस्तै वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहका परिसूचक भने सामान्य रूपमा घटेका छन् ।

यस दिन स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १२.१९ प्रतिशतले बढेको छ । अन्य कम्पनीहरूको सेयर मूल्य वृद्धि भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ ।

त्यसैगरी, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १३.२४ प्रतिशतले घटेको छ । अप्पर लोहोरे खोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १७ करोड ६८ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको करिब १४ करोड ५० लाख रुपैयाँ तथा नेशनल हाइड्रोपावरको १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here