33.1 C
Birgunj
Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img

लोककल्याणकारी विज्ञापनमा कडाइ: पर्सामा प्रसारण अनुगमन बढ्यो

वीरगंज,२३ बैशाख । जिल्ला हुलाक कार्यालय पर्साले लोककल्याणकारी विज्ञापन प्रसारणको अवस्थाबारे अनुगमनलाई तीव्रता दिएको छ । सोही क्रममा आज पोखरिया स्थित रेडियो पोखरियाको स्थलगत अनुगमन गरिएको छ । 

रेडियो पोखरियाका प्रबन्ध निर्देशक शम्भु कुमार सुमनका अनुसार विज्ञापन बोर्डमार्फत प्रसारण हुँदै आएका लोककल्याणकारी विज्ञापनहरूको प्रभावकारिता तथा मापदण्ड पालना भए/नभएको विषयमा अनुगमन गरिएको हो ।

जिल्ला हुलाक कार्यालय पर्साका प्रमुख नमाेनाथ यादवको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि शाखा अधिकृत विनय गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा सञ्चार माध्यमहरूले लोककल्याणकारी विज्ञापन प्रसारण गर्दा अपनाउनुपर्ने मापदण्ड, समय तालिका तथा सामग्रीको गुणस्तरबारे समेत जानकारी लिइएको थियो । साथै, सम्बन्धित निकायले तोकेको निर्देशिका पालना गर्न सञ्चार माध्यमलाई सुझावसमेत दिइएको अनुगमन टोलीले जनाएको छ ।

प्रमुख यादवका अनुसार पर्सा जिल्लाभित्र सञ्चालनमा रहेका अन्य रेडियो तथा टेलिभिजन संस्थाहरूको पनि क्रमशः स्थलगत अनुगमन जारी रहेको छ । उनले लोककल्याणकारी सन्देश प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउने उद्देश्यले यस्तो अनुगमन गरिएकाे बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here