वीरगंज ,०५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ बाट मनोज चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपाले केन्द्रिय सदस्यसमेत रहेका चौधरीलाई यस क्षेत्रको टिकट प्रदान गरेको हो। वीरगंज महानगरपालिका–१७ निवासी चौधरी विद्यार्थी कालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका छन्।
उनी नेकपाका सहसंयोजक माधव कुमार नेपालसँग नजिक रहेका नेताका रूपमा पनि परिचित छन्। टिकट पक्का भएपछि चौधरीले मंगलबार मनोनयन दर्ताका लागि तयारी सुरु गर्ने बताइएको छ।
पर्सा–२ बाट नेकपाले मनोज चौधरीसहित प्रभाकर गुप्ता र सत्यनारायण रौनियारका नाम उम्मेदवारको लागि सिफारिस गरेका थिए।

