21.2 C
Birgunj
spot_img

झापामा हात्तीको आक्रमण, १ पुरुषको मृत्यु

झापा,०९ असोज । झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७ खालबाडीमा भएको आक्रमणमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकको परिचय खुल्न बाँकी छ । हात्तीको आक्रमणपछि घोप्टो अवस्थामा शव फेला परेको र घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी रुपेश राईको टोली पुगेर कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ ।

हाल मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here