21.2 C
Birgunj
spot_img

चितवनमा बस दुर्घटना: १५ जना घाइते

चितवन,२ जेष्ठ । चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बस लहानबाट काठमाडौं जाँदै गर्दा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। घाइते सबैको अवस्था सामान्य रहेको र प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। २ जेठ, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० मा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

बसमा ३९ जना यात्री रहेकामा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here