28.6 C
Birgunj
spot_img

बलात्कार अभियोगमा पर्सा प्रहरी द्वारा एक व्यक्ति पक्राउ

पर्सा, २९ बैशाख ,पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १३ बाट ५० वर्षीय एक व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) अभियोगमा पक्राउ गरिएको छ। बैशाख  २७ गते बिहान १:४५ बजे प्रसौनी गाउँपालिका वडा नं. ६ स्थित बेलहिया घर भइ हाल  वीरगञ्ज म.न.पा. वडा नं. १३ बस्ने ५० वर्षीय दिनानाथ साहलाई पक्राउ गरिएको हो।(३४ )परिवर्ती नाम भएकी  महिलालाई जबरजस्ती करणी गरेको आरोपमा साहलाई पक्राउ गरिएको छ।  घटनापछि पीडितकाका परिवारले प्रहरीसमक्ष जाहेरी दिएपछि साहलाई खोजी तथा अनुसन्धान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पीडित महिलाकाको प्रारम्भिक बयान अनुसार उनीमाथि साहले बर्बरतापूर्वक यौनदुराचार गरेको जनाइएको छ। महिलाको स्वास्थ्य परीक्षणका लागि चिकित्सकको सल्लाहअनुसार परीक्षण गरिने र घटनाको विस्तृत रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।
प्रहरीका अनुसार आरोपी साह हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३ मा बसोबास गर्दै आएका थिए। पक्राउ परेका साहमाथि हाल मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार आवश्यक कारबाही अगाडि बढाएको छ ।
प्रहरीले फरार रहेका अन्य व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको समेत जनाएको छ।
साथै, घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here