बैशाख,बारा, प्रसौनी
कांग्रेस बारा क्षेत्र नं ४ (ख) का सभापति लोकेश सिंहको पहलमा, सीएफआरडीको आर्थिक सहयोग तथा ग्लोबल अपरेसन फर डेभलपमेन्ट संस्थाको संयोजनमा सरस्वती ने.रा. माध्यमिक विद्यालय, वेलहियामा २१५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरिएको छ।
प्रसौनी गाउँपालिका वडा नं ६ मा अवस्थित सरस्वती ने.रा. माविमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता गाउँपालिकाका अध्यक्ष विनोद पटेलले गर्नुभयो।
उहाँले बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि शिक्षा नै मुल आधार भएको भन्दै यस्ता सहयोगहरूले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।
वितरण सामग्रीमा विद्यालय झोला, कापी, कलम, पेन्सिल, इरेजर लगायतका शैक्षिक सामग्रीका साथै फुटबल, भलिबल, बैडमिन्टन लगायतका खेलकुद सामग्रीहरू समावेश थियो।
सभापति लोकेश सिंहले यस प्रकारका सहयोग कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो। साथै उहाँले सामुदायिक विद्यालयहरूमा आधारभूत आवश्यकता पुरा गर्न सबैको सहकार्य अपरिहार्य रहेको उनले बताए।
यस कार्यले विद्यार्थीहरूको मनोबल उच्च बनाउने र विद्यालयमा आकर्षण बढाउने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।
यस कार्यक्रममार्फत शिक्षा र खेलकुद दुबै क्षेत्रमा विद्यार्थीहरूको समग्र विकासमा टेवा पुग्ने आशा गरिएको छ।