वीरगंज,२५ बैशाख – झुठा मुदा लगाएर फसाउन प्रयास गरिएको अजित चाैरसिया र अजय श्रीवास्तव रिहा भएका छन् । बुधवार बिहान पक्राउ परेका चौरसिया र श्रीवास्तव बिहिवार रिहा भएका हुन् ।
आफ्नो बुवा मार्फत मुद्दा दिन लगाई रञ्जित चौरसियाले उनीहरुलाई फसाउन प्रयास गरेक थिए । चौरासीयाले पत्रकार बताउँदै झुठा विवरण र कीर्ते कागजात तयार गरी वीरगंजस्थित उच्च अदालत जनकपुरको अस्थायी इजलासलाई गुमराहमा पारेर पाँच निर्दोष व्यक्तिलाई ज्यान मार्ने उद्योग जस्तो गम्भीर मुद्दामा फसाउने प्रयास गरेका गरेका थिए ।
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने, बेइज्जती हुने गरी स्टाटस लेख्ने र अदालतलाई समेत भ्रममा पार्ने प्रयासका कारण रञ्जित चौरसिया र योजनाकारहरुमाथी अब कानुनी कारबाहीको माग हुन थालेकाे छ । पिडित पक्षले उनीहरुमाथी उजुरी दिने बताए छन् ।
घटनाको अनुसन्धान भईरहेकाे तथा निर्दाेषलाई कुनै पनि हालतमा फसाईने प्रयास प्रहरीबाट नहुने पर्सा प्रहरीले जनाएको छ ।