31 C
Birgunj
spot_img

अभिभावक संघ पर्साको बृहत रक्तदान कार्यक्रममा ४ महिला सहित ७७ जनालेगरे रक्तदान

बिरगंज , चैत्र २३

अभिभावक संघ पर्साले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बीरगंजको घंटाघर आयोजना गरिएको छ।

उक्त कार्यक्रमका प्रमुख अथिति जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको एवम् विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, ट्राफिक कार्यालयका प्रमुख लोकराज भट्ट,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल उदीनानाथ रौनियार, सतीश सिंह,सामाजिक अभियंता प्रकाश थारू,ड्रा.दीपक शाक्य,वैश्य समाज पर्साका अध्यक्ष संतोष साह, समाज सेवी राजेंद्र भट्टराई,NGOCC पर्साका अध्यक्ष इब्राहिम देवान,ललन पटेल,नागरिक प्रथम अभियान का अभियंता बिरेंद्र कंठ, शास्वत साकोस का अध्यक्ष मुना सर्राफ, अभिभावक संघका सलाहकार प्रध्यापक सरोज यादव लगायतकाको सहभागिता रहेको थियोे। संघका अध्यक्ष संदीप साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ४ महिला सहित ७७ जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए। रक्तदान गर्नु हुनेमा दीपक चौधरी , हरिशंकर कानू,दीपेश कर्ण,बृजकिशोर राम, केदार साह , उकेश जयसवाल,नरेंद्र तिवारी ,संजय पटेल संदीप साह लगायत महिलामा श्रीकांति गिरी,अंजल कुमारी साह, ग़ुल्फ़ी डोमिन रहेका छन।

उक्त रक्तदान कार्यक्रममा अभिभावक संग सदस्य, संचारकर्मी ,युवा बुद्धिजीवी हरु को उपस्थिति रहेको थियो।

कार्यक्रममा रक्त संचार बिरगंजका सौरभ राज पाण्डे,नितेश यादव,विवेक यादव ,शिवम कुमार लगायतका टीमहरले प्राविधिक सहयोग गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here