31 C
Birgunj
spot_img

गहवा मुस्लिम युवा समाज द्वारा ईदको अवसरमा मानव आश्रममा खाजा वितरण

बीरगन्ज, १८ चैत्र ।बीरगन्जस्थित गहावा मुस्लिम युवा समाजले ईदको पवित्र अवसरमा मानव सेवा आश्रमका आश्रितहरूलाई खाजा वितरण गरेको छ । समाजले धार्मिक पर्वको खुशीयाली सबैसँग बाँड्ने उद्देश्यले यो सामाजिक पहल गरेको बताएकाे छ ।

कार्यक्रम अन्तर्गत, आश्रममा आश्रय लिइरहेका वृद्ध, असहाय तथा विपन्न व्यक्तिहरूलाई स्वादिष्ट खाजा वितरण गरिएको थियो। समाजका सदस्यहरूले ईद केवल उत्सव मात्र नभई आपसी सद्भाव र सेवा भाव व्यक्त गर्ने समय पनि भएको बताउँदै, भविष्यमा यस्ता सामाजिक कार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

मानव सेवा आश्रमका प्रतिनिधिहरूले पनि गहावा मुस्लिम युवा समाजलाई धन्यवाद दिँदै यस्ता सहकार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

ईदको अवसरमा गरिएको यो सेवाले मानवियताको सन्देश फैलाउने विश्वास व्यक्त गरिएको छ ।मुस्लिम समुदायको महान पर्व रमजानको आज अन्तिम दिन हो । आजको दिन मुस्लिम समुदायमा ईदको अवसरमा आपसमा खुसीयाली साटासाट गर्दै बीरगन्जलगायत देशैभर भव्यरुपमा ईद मनाईरहेको छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here