वीरगंज ,माघ । समाजवादी प्रेस संगठन नेपाल पर्साको चौंथो बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेको बैठकले यहि फागुन ४ गते काठमाडौंमा हुने संगठनको राष्ट्रिय भेलामा सहभागी हुने निर्णय गरेको छ ।
साथै बैठकले गत मंसिरको २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको बिषयमा पनि गम्भीर रुपमा समिक्षा गरेको छ ।पत्रकार महासंघ पर्साको निर्वाचनमा गठबन्ध भित्रैबाट घात भएका कारण संगठनका उम्मेदवारहरुले हार व्यवहोर्नु परेको बैठककाे निश्कर्ष छ । अगामी दिनमा नयाँ ढङ्गले संगठन प्रस्तुत हुने समेत बैठकले निर्णय गरेको संगठन पर्साका सचिव बिनोद पटेलले जानकारी दिए ।
वैठकमा वाेल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं पर्सा सह–इन्चार्ज मनोज चौधरीले संगठनलाई कृयाशिल बनाउ पर्ने वताए । उनले संगठन र पार्टी भित्रका केही अराजक ब्यक्तिहरुले अझै पनि पार्टी र संगठनलाई कमजाेर बनाउन गतिविधि गरिरहेकाले त्यस्तालाई चाँडै पार्टीबाट पनि कारवाही गरिने वताए ।
नेकपा (एकीकृत समाजवादी) पर्साका कार्यवाहक अध्यक्ष शंकर कुमार कर्णले सिंगाे जिल्ला कमिटी संगठनकाे साथमा रहेकाे भन्दै कसैलाई नआत्न आग्रह गरे । उनले संगठनलाई कमजाेर बनाउने गतिविधिमा लागेकाहरुकाे बारेमा पार्टीले केन्द्रमा पहल थालिसकेकाे वताउँदै चाँड नै समस्या समाधान हुने वताए ।
नेपाल पोष्ट मिडियाकाे कार्यालयमा बैठकमा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्यद्वय रेबिन्द्र कार्की, मनोज कुमार पटेल, जिल्ला उपाध्यक्ष रमा थामी, सचिव विनाेद पटेल, काेषाध्यक्ष संताेष साह, सदस्यहरु श्याम पासवान, धर्मेन्द्र यादव, दिपु बर्णवाल, प्रदिप गुप्ता, अमाेद शर्मा, श्रवण साह, रन्जिता गुप्ता लगायतको उपस्थिती रहेको थियो ।