सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटाेल द्वारा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रम बिरगंजको रेल्वे रोडमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलको आफ्नै कार्यालयमा सम्पन्न गरेको हो।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुुुख एसपी गौतम मिश्र,सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका संरक्षक तथा बिरगंज महानगरपालिका वडा न. ५ का अध्यक्ष प्रदीप कुमार चौरसिया सहभगिता रहेको थियोे । भने

स्वागत मन्तव्य  सामुदायिक प्रहरी कुम्हालटाेलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले गरेका थिए।

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका अध्यक्ष रमेश चौधरी , कन्चनजङ्ग स्कुलका डाइरेक्टर माटिन मोक्तान , मुनलाइट स्कुलका संचालक श्याम के.सी. वडा न. ५ का वडा सदस्य मनोज कुमार साह , कुम्हाटाेल टाेल सुधार समितिका अध्यक्ष नन्दलाल राउत अहिर , सह सचिव रितेश गुप्ता , सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपाली , सचिव श्रवण बहादुर रायमाझी,

पदाधिकारी तथा आजिवन सदस्य लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथी मिश्रका अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सामुदायिक प्रहरी संगको सहकार्यमा जनमानस, वडा, स्थानीय, गाउँपालिका, स्थर सम्म पुर्याउने बिश्वास ब्यक्त गरेका थिए। उनले भने
सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षा व्यवस्थालाई सुदृढ गर्न यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण योगदान रहने बताएका हुन। सामुदायिक प्रहरी सेवाको भूमिका सशक्त बनाउन नागरिकको सहभागिता आवश्यक रहेकोमा समेत जोड दिएका थिए।

उक्त कार्यक्रम संचालन मुनलाइट स्कुलका संचालक श्याम केसीले गरेका थिए ।