धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.४ बस्ने रमेश श्रेष्ठलाई प्रहरीको पावरको हवाला दिंदै विश्वास दिलाई ५० हजार रकम ठगी गरेपछि सो कुरा खुलेको हो। पैसा लिएर ठगी गर्दै हिंडेपछि प्रहरीमा रमेश श्रेष्ठले उजुरी दिएका थिए ।उजुरी पस्चात प्रहरीले अनुसन्धान तिब्र बनाए पछि उनि पक्राउ परेको इलाका प्रहरी कार्यालका ढेल्केबर का प्रहरी निरीक्षक जटाशंकर यादबले आजतक दैनिकलाई बताए । पक्राउ परेका धनिकलाल साहले समय समयमा आफ्नो परिचय फेर्ने गरेको समेत खुलेको छ । कुनै बखत नेपाली सेना भएको त कुनै बखत प्रहरी भएको भनी झुक्याएर ठगी गर्ने गरेको बताए ।
साहलाई पक्राउ गरी ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको ढेल्केबर का प्रहरी निरीक्षक जटाशंकर यादबले आजतक दैनिकलाई बताए ।