18.9 C
Birgunj
HomeBannerवडा प्रहरी कार्यालय विर्ताद्वारा स्रोत नखुलेको ६ लाख नगदसहित एकजना भारतीयनागरिकलाई...

वडा प्रहरी कार्यालय विर्ताद्वारा स्रोत नखुलेको ६ लाख नगदसहित एकजना भारतीयनागरिकलाई पक्राउ

वीरगंज, १७ माघ ।
वडा प्रहरी कार्यालय विर्ताले स्रोत नखुलेको ६ लाख नगदसहित एकजना भारतीयनागरिकलाई पक्राउ गरेको छ ।
मङ्गलवार दिउँसो ४ः३० बजे वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगरबाट बिआर ०५ क्यु ४३८४ नम्बरको मोटरसाइकलमा सवार भारत बिहारको रक्सौल वडा नं.१४ बस्ने वर्ष २७ को ओमकुमार रौनियारलाई चेकजाँच गर्दा मोटरसाइकलको बाँयापट्टीको मोटरसाइकलको लेगार्डमा चामलको बोराभित्र लुकाइ छिपाई राखिएको नेपाली रू. ५०० दरका नोट १२०० थान गरी ६ लाख रुपैया  फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
पक्राउ परेका रौनियारलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका बताए  ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here