14.1 C
Birgunj
Homeसमाचारकम्प्युटर एशोसिएशन महासंघ पर्साकाे अध्यक्षमा सक्सेना र सचिवमा साह निर्वाचित

कम्प्युटर एशोसिएशन महासंघ पर्साकाे अध्यक्षमा सक्सेना र सचिवमा साह निर्वाचित

वीरगंज । कम्प्युटर एशोसिएशन महासंघ पर्साको चाैथाे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । वीरगंजमा सम्पन्न अधिवेशनले संजय कुमार सक्सेनाकाे अध्यक्षतामा ९ सदस्यीय कार्य समिति निर्विराेध निर्वाचित भएका छन् ।

 

नवनिर्वाचित समितिकाे उपाध्यक्षमा गणेश कुमार साह साेनार, सचिवमा राहुल कुमार साह, काेषाध्यक्षमा सुरजबाबु पटेल, सदस्यहरुमा अर्जुन कुमार साह, राकेश कुमार साह, बिक्रम जैन, प्रकाश कुमार मिश्र र राेशन चाैधरी रहेकाे निर्वाचन समितिका संयाेजक ईमामुदिन अहमदले जानकारी दिए ।

 

महासंघ पर्साका निर्वतमान अध्यक्ष प्रशान्त साहकाे अध्यक्षता र कम्प्युटर एशाेसियसन महासंघका केन्द्रिय सदस्य दिपक साहकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा आईपिपि मधेश प्रदेशका पूर्व अध्यक्ष आलाेक चाैरसिया, आइपिपि मधेश प्रदेशका सचिव गणेश ठाकुर, कम्प्युटर एशाेसियसन महासंघ बाराका अध्यक्ष संजय केशरी, प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here