17.1 C
Birgunj
HomeBannerपत्रकार हरिशंकर शर्मामाथि षड्यन्त्रको आरोप, समाजवादी प्रेस संगठन नेपालले निष्पक्षता सुनिश्चित गर्न...

पत्रकार हरिशंकर शर्मामाथि षड्यन्त्रको आरोप, समाजवादी प्रेस संगठन नेपालले निष्पक्षता सुनिश्चित गर्न दबाब

वीरगंज, पर्सा – समाजवादी प्रेस संगठन नेपाल, पर्साको तेस्रो बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ। संगठनका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले हालै पर्साका उपाध्यक्ष हरिशंकर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको गम्भीर समीक्षा गर्दै उनलाई सुनियोजित तरिकाले फसाइएको निष्कर्ष निकालेको छ।

बैठकले घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रहरी प्रशासनलाई तत्काल प्रभावकारी कदम चाल्न र सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ। यस सम्बन्धमा संगठनले प्रेस विज्ञप्ति जारी गर्ने निर्णयसमेत गरेको छ।

बैठकमा पत्रकारहरूको पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र प्रेसमाथि भइरहेको दबाबका विषयमा गहन छलफल भएको थियो। सहभागीहरूले प्रहरी प्रशासन र अन्य सरोकारवालाहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । साथै प्रशासनले तत्कालै प्रभावकारी कदम नचाले र सत्यतथ्य सार्वजनिक नगरे अन्दोलनमा समेत जने चेतावनी दिएका छन् ।

संगठनको एकमत
बैठकमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, जिल्ला उपाध्यक्ष रमा थामी, सचिव विनोद पटेल, कोषाध्यक्ष संतोष साहलगायतका वरिष्ठ सदस्यहरूको उपस्थिती रहेको थियो।
सदस्यहरूले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष अनुसन्धानले मात्र वास्तविकता बाहिर ल्याउन सक्ने धारणा राखेका थिए।

बैठकले संगठनको भावी कार्ययोजना, क्षेत्रीय सञ्जाल विस्तार र पत्रकार हितका लागि नीतिगत सुधारका कदमहरूबारे समेत छलफल गरेको जानकारी प्राप्त भएको छ। संगठनले आगामी दिनमा प्रेस स्वतन्त्रताका मुद्दामा थप सशक्त रूपमा उपस्थित हुने प्रतिवद्धता व्यक्त गरेको छ।

बैठकले निष्पक्षता र न्यायको पक्षमा एकजुट भएर अघि बढ्ने सन्देश दिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here