14 C
Birgunj
HomeBannerबिरगंज भन्सार स्थित सशस्त्र प्रहरी ४५ हजार लिएर ६ लाख बढिको सामान...

बिरगंज भन्सार स्थित सशस्त्र प्रहरी ४५ हजार लिएर ६ लाख बढिको सामान छाडेको घटना सार्वजनिक

वीरगंज पर्सा, ७ भदौ । राजस्व चुहावट नियन्त्रणको लागि वीरगंज भन्सार स्थित खटेका सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रमुखको ‘कमर ओढेर घ्यू’ पिउने दोहोरो चरित्र उदाङ्गो भएको छ । भारतीय सीमावर्ती सहर रक्सौलबाट घरायसी सामान किनेर ल्याउने सर्वसाधारणलाई चेकजाँचको नाममा दुःख दिने र तस्करहरुसँग पैसा लिएर लाखौंको सामान तस्करी गर्न छुट दिने उनको दोहोरो नियत सार्वजनिक भएको हो ।

सशस्त्र प्रहरी बल १३ नं. गण पर्सा मातहतमा रहेको प्रस्तावित वीरगंज भन्सार राजस्व चुहावट नियन्त्रण गुल्मका प्रमुखले ४५ हजार रुपैयाँ लिएर ६ लाख बढि पर्ने तापक्रम नाप्ने मेशिन छोडेको घटना बाहिरिएको हो । केही साता अघि भारतबाट करिब चार लाख भारतीय रुपैयाँ पर्ने तापक्रम नाप्ने मेशिन भन्सार छली भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको चेक प्वाइन्टमा समातेका थिए तर बिचौलिया मार्फत गुल्म प्रमुख सशस्त्र प्रहरी डि.एस.पी. सुरज रिजालले ४५ हजार रुपैयाँ बुझेर छाडेको पाइएको हो ।

वीरगंज-पथलैया औद्योगिक कोरिडोर अन्तर्गत एउटा कागज उद्योगमा मेशिनको तापक्रम नाप्नको लागि सो उपकरण भारतबाट भन्सार छलि गरि नेपाल भित्र्याइएको हो । जितपुरका जगरनाथ ठाकुरले सो मेशिन भित्र्याएका हुन् । भन्सारमा खटेका सशस्त्र प्रहरीले तस्करीलाई निकै कडाइ गरेको अवस्थामा नौटंकी गरेर भित्रभित्रै घुस बुझेर ठुलो रकमको सामानहरुलाई तस्करी गर्न छुट दिएको यस घटनाले पुष्टि गरेको छ ।

सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म भन्सारका डिएसपी रिजालले आफ्नो क्षेत्रमा मात्रै नभई अन्य अधिकारीको क्षेत्रमा पनि गएर तस्करीको सामान समात्ने गरेका थिए । भन्सारमा आउने वित्तिकै तस्करी नियन्त्रण गर्न ठूलो योगदान पुर्‍याएको भनेर नौटंकी देखाउने डिएसपी आफै रकम बुझेर सामान तस्करी गराउनुले उनको कार्यशैलीमाथि प्रश्न खडा गरेको छ ।

सशस्त्र प्रहरीका आई.जि.पि. राजु अर्यालको विश्वासिलो पात्र मानिने डिएसपी अहिले तस्करी गराउनतर्फ लागेको यो घटनाले पुष्टि गरेको छ । शुरु शुरुका कडाई गर्ने र केहीदिन पछि तस्करहरुसँग रकम असुलेर तस्करीको छुट दिने उनको दोहोरो नियत छर्लङ्ग देखिएको छ । दुई सातादेखि रातिको समयमा वीरगंज भन्सारको मुख्य नाका छेउबाट रातिको समयमा तस्करीको लाइन पनि खोलिएको पाइएको छ

राति १२ बजेपछि कपडा, हार्डवेयर, किराना, काजु लगायतका तस्करीका सामानहरु बलिरामपुर नाकाबाट इनर्वा, नगवा हुँदै वीरगंज बजारसम्म पुग्ने गरेको छ । दिनमा चेकजाँचको नाममा ठूलै कडाई गरेका डिएसपी ड्युटीमै रहेकै बेला रातिको समयमा तस्करीको सामान वीरगंज बजारसम्म भित्रिनुले उनले कमर ओढेर घ्यू पिउने काम गरेको पुष्टि हुन्छ ।

यस विषयमा वीरगंज भन्सार स्थित सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका प्रमुख डिएसपी सुरज रिजालले यस घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन् । यत्रो दिनमा तस्करीको सामान छाडिएन, अहिले आएर केटाहरुले बद्मासी गरेको हो कि भन्ने सोधपुछ गरि रहेको बताए । उनले भने ‘यो एक डेढ महिना अगाडीको घटना हो, हाल आएर यस्तो कुरा आएको छ, यसमा कसले बद्मासी गरेको छ, पत्ता लगाई रहेका छौं’ तर आफूले घूस लिएर कुनै पनि सामान नछाडेको दाबी गरे ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here