28.4 C
Birgunj
Homeसमाचारकलैयामा रहेको  प्रादेशिक अस्पतालमा डाईलोसिस र इन्डोस्कोपी सेवाहरु सुचारु

कलैयामा रहेको  प्रादेशिक अस्पतालमा डाईलोसिस र इन्डोस्कोपी सेवाहरु सुचारु

बारा कलैया फाल्गुन २ गते ।
बाराको कलैया मा रहेको  प्रादेशिक अस्पतालमा लामो समय पछी डाईलोसिस र इन्डोस्कोपी सेवाहरु सुचारु भएको छ। बुधबार दिउसो एक कार्यक्रमका बीच मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले  अस्पताल मा रहेको तीनवटा वार्डहरुको उद्घाटन गरेपछि अस्पताल बाट प्रदान गरिने  सेवाहरु संचालनमा आएको छ।

मुख्यमन्त्री यादवले अस्पतालमा डाइलासिस, इन्डोस्कोपी र नवजात शिशुहरुको लागी एनआईसियु वार्डहरुको उदघाटन गरे संगै आजबाट तिनवटै वाडहरुको सेवा सुचारु भएका छ। मुख्यमन्त्री यादवले आफुले नै संघको स्वास्थ राज्यमन्त्री हुदा कलैया मा रहेको अस्पताललाई स्तर उन्नति गरि ५० शैया बनाएको र त्यसपछि आफैले १०० शैयाको अस्पताल  बनाएको भन्दै हरेक जिल्लाको हरेक नागरिकले सहज उपचार प्राप्त गर्नकोलागि  मैले आवस्यक पर्ने  सबै किसिमको  सहयोग गर्ने प्रतिबद्धता समेत  जाहेर गरेका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले डाइलासिस सेवा शुरु भए संगै दैनिक १५ जना असहाय गरिब बिपन्न बर्गकाले सेवाहरु प्राप्त गर्न सकिने डा. अजय गुप्ताले आजतक दैनिक लाई बताए।

आजै मुख्यमन्त्री यादवले अस्पतालको अनुगमन समेत गर्नु भएको थियो । अनुगमनको क्रममा मुख्यमन्त्रीलाई  अस्पतालको बारेमा केही कुरा राख्दै  मेसु गुप्ताले अस्पतालका लागि सिटि स्क्यान मेसिन र ईको मेसिनहरु उपलब्ध गराईदिन आग्रह समेतगरेका छन । प्रादेशिक अस्पताल कलैयाले अब चाहिने सबै सेवा सुबिधाहरु बिस्तारै प्रवाह गर्दै जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अजय कुमार गुप्ताले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here