27.4 C
Birgunj
Homeमनोरञ्जनपर्सागढीमा यस बर्ष पनि विजय महोत्सव मनाइने

पर्सागढीमा यस बर्ष पनि विजय महोत्सव मनाइने

वीरगंज पर्सा, १७ पुस । पर्साको पर्सागढी मन्दिर व्यवस्थापन समितिले यसपालि पनि विजय उत्सव महोत्सव मनाउने निर्णय गरेको छ । विक्रम सम्बत् १८७१ पौष १९ गते स्थानीय रंजित चौधरीको कुशल युद्ध निति तथा स्थानीयवासीहरुको सकृयतामा आधुनिक हतियार बोकेका ब्रिटिश भारतका विशाल सेनालाई पराजित गरेर गोर्खाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको सम्झानामा विजय महोत्सवको आयोजना गरीने व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

पर्सागढी नगरपालिकाको पनि आर्थिक सहयोग, नेपाली सेनाको सहभागीता तथा स्थानीयवासीहरुको सहभागीतामा पर्सागढी मन्दिर व्यवस्थापन समितिले २१० औँ विजय महोत्सव आयोजना गर्न लागेको हो । नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमलाई निरन्तरता दिँदै पर्सागढी विजय महोत्सव कार्यक्रम पर्सागढी नगरपालिकाको कार्यालय हरपुरमा पुरुष १९ गते विहान १० बजे भेला भई विभिन्न झाँकी एव् नेपाली सेनाको टोलिका साथ बाजागाजा सहित हर्षोल्लासका साथ पदयात्रा गर्दै पर्सागढी मन्दिर परिसरमा पुगी विजय महोत्सव कार्यक्रममा परिणत हुने पर्सागढी नगरपालिकाका प्रमुख गाकर्ण पाठकले बताए ।

पर्सागढी र पर्सागढी मन्दिर पर्साको एक मात्र ऐतिहासिक युद्ध स्थल रहेको भएपनि ओझेलमा परेको गुनासो गर्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले मन्दिरको दुवै तर्फ नदि तथा खोला सबै भन्दा ठुलो बाधक रहेको र मन्दिर लगायत आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहको सरकार लगायत उधोगी व्यवसायीको पनि ध्यान पुग्न आवश्यक रहेको बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here