२०८० पौष १२ गते, लहान , मुक्त हरवाचरवाको न्यायिक पु्नःस्र्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार ।। भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च सिरहाको चौथो जिल्ला सम्मेलन लहानमा सम्पन्न भएको छ ।
सम्मेलनले चलितर मण्डलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च सिरहा गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमसः. जमुनी सदाय, राधा चौधरी, ईश्वरवती राम र हरी राम रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा क्रमश श्यामसुन्दर सदा, सुनिता सदाय, बिष्णुदेवी सदाय जीतनी सदाय, पानोदेवी सदा, अमित्रादेबी सदाय, परमेश्वर मण्डल, प्रमिलदेवी राम, पुकारी मोची, कबिता पाशवान, रहनु भएको छ ।
सम्मेलनल उद्घाटन समारोहका प्रमुख अतिथी मधेशप्रदेश प्रदेशसभा सदस्य राजेन्द्र प्रसाल चौधरीले मधेसप्रदेश सरकारको आर्थिक बर्ष २०८०÷२०८१ को निति, कार्यक्रम र बजेट कार्यान्वयन मार्फत मधेस प्रदेशका ८ वटा जिल्लाहरुमा मुक्त हरवाचरवाको तथ्यांक संकलन, प्रमाणीकरण र परिचयपत्र बितरण गरिने बताउनुभयो ।
उहाँले नेपाल सरकारद्धारा मुक्त घोषणा गरिएका हरवाचरवाहरुको न्यायिक पुनस्र्थापनाका लागि मधेसप्रदेश सरकारले संघीय र स्थानिय सरकारसंग आवश्यक पहल कदमी गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमका अर्का बक्ता लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले मुक्त हरवाचरवाहरुको आर्थिक तथा सामाजिक सवालहरु सम्बोधन गर्नका लागि स्थानिय सरकारले कार्यबिधी निर्माण गरि अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लक्ष्मीपुर पतारी गाऊँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुर, उपाध्यक्ष अमरकला यादव, बरियारपट्टी गाऊँपालिकाका उपाध्यक्ष ममता यादव, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवती मण्डल लगायतले मन्तब्य ब्यक्त गर्नुभयो ।
जिल्ला हरवाचरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क, नेपालका जनवकालत अधिकृत सञ्जय कुमार महराले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो भने कार्यक्रमको सञ्चालन दलित जनकल्याण यूवा क्लवका कार्यक्रम संयोजक बहादुर सदाले गर्नुभयो ।