वीरगञ्ज । भारत–नेपालको सिमानामा रहेको मितेरी पुल रक्सौल नीर बाट १३ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर नेपाल लैजान खोज्ने इरशाद खान नामका एक युवक पक्राउ परेका छन् ।
मानव बेचबिखन नियन्त्रण इकाई (एएचटीयू) इलाका मुख्यालय बेतियाको कार्यलय ४७औँ कोर रक्सौलको सतर्कताको कारण इरशाद खानले नेपाल लैजान खोजिएकी बालिकाको उद्धार गरिएको हो ।
प्रयास बाल सहायता केन्द्र रक्सौलकी आरती कुमारीले नाबालिगलाई काउन्सिलिङ गरेपछि बालिकाले आफू रिसाएर घरबाट निस्केर रेलमा बसेको बताएकी थिइन् । त्यही रेलमर्गमा इरशाद खानले उनीसँग कुराकानीको क्रममा उसको कुरा सुनेर आफ्नो घरमा लैजान्छु भनेका थिए ।
त्यसपछि युवतीलाई घरमा बोलाएर आफ्नो घरबाट केही पैसा माग्न आग्रह गरेपछि बालिकाका परिवारका सदस्यले गुगल पे मर्फत पैसा पठाएका थिए । पछि धेरै दिन बितिसक्दा पनि बालिकालाई झुट बोलेर नेपाल लैजाने क्रममा पक्राउ परेका युवकसँग अपराधको विवरण बुझ्नका लागि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । इरशादले बालिकालाई घरमा नल्याएको भनेर सोध्दा उनी यो विषयमा मौन रहेका छ्न।
प्रहरी निरीक्षक मनोजकुमार शर्माले अभिभावकले आफनो सन्तानसँगको सम्बन्ध सुमधुर बनाउन जरुरी रहेको निरीक्षक मनोजकुमार शर्माले बताए । पक्राउ परेका इरशाद खान र बालिकालाई बिओओपी हरैया प्रहरीको जिम्मा लगाइएको छ ।