27.4 C
Birgunj
Homeसमाचारसभापति सिंहले गरे तारकेश्वर नाथ जिनाद बाबा मेला को उद्घाटन

सभापति सिंहले गरे तारकेश्वर नाथ जिनाद बाबा मेला को उद्घाटन

बिनोद पटेल

बाराको प्रसौनी गाउँपालिका वाड नम्बर ५ प्रस्टोका  स्थितिमा रहेको तारकेश्वर नाथ जिनाद बाबाको मन्दिर परिसरमा आजदेखि दुई दिने मेला शुरु भएको छ।
आज भएको दुई दिने मेलाको उद्घाटन नेपाली कांग्रेस बारा का क्षेत्र नम्बर ४ को ´´ख“ का सभापति लोकेश सिंहले गर्नुभएको थियो । सभापति सिंहले रिवन काटेर मेलाको उद्घाटन गरेका थिए।
मेलामा नेपाल तथा भारतका विभिन्न ठाउँहरुबाट हजारौंको संख्यामा भक्तजनहरुको आउने क्रम जारी रहेको छ ।
जिनाद बाबाको दर्शनले सन्तान प्राप्ति संग सँगै विभिन्न रोग ब्यादीहरु हट्ने जनविश्वास रहेकोले जिनाद बाबाको दर्शन गर्नकालागी मन्दिर मा दर्शनार्थीहरुको उल्लेखनीय भिड भाड रहेको मेला समितिका अध्यक्ष अत्मा साह तेलीले बताए ।
वैज्ञानिक युगमा समेत धार्मिक स्थलमा दर्शनार्थीहरुको उल्लेखनीय भिड तथा जन मानसमा जनविश्वास रहेकोले यस क्षेत्र लाई स्थानीय सरकारले उचित व्यवस्थापन गर्नतिर लागन जरुरी रहेको सभापति सिँहले बताए ।
आज भएको मेला उद्घाटनमा वडा नम्बर ५ का वाडा अध्यक्ष सन्तोष साह, इलाका प्रहरी कार्यालय प्रसौनीका  प्रहरी निरीक्षक बिनोद बोहरा, पुर्व गाविस अध्यक्ष राजेन्द्र साह, बम बहादुर राउत, लक्ष्मी यादव , गौरी शंकर साह, केदार साह,बिरेन्द्र साह लगायतकाको उपस्थित रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here