25.8 C
Birgunj
spot_img

बसले किचिएर तिलावे पुल निर एक जनाकाे मृत्यु

वीरगंज (पर्सा), १६ मंसिर । वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलाै‌ंस्थित तिलावे पुल नजिक आज विहान सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । दुईटा माेटरसाइकल एकआपसमा ठाेकिदा बसले किचिएर एक जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

सर्लाहीकाे रामनगर गाउँपालिका वडा ६ सिसवा टोल निवासी ३५ बर्षिय अभय झाकाे मृत्यु भएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक (इन्सपेक्टर) धर्मजंङ थिङले वताए । ठाेरी पिकनिककाे लागि गइरहेकाे सालिमार ना ८ ख ४८६१ नम्बरकाे बसले किचिएर माेटरसाइकलमा सवार यात्रुकाे मृत्यु भएकाे इन्सपेक्टर थिङले जानकारी दिए ।

उनका अनुसार वीरगंजबाट पाेखरिया तर्फ गइरहेकाे बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकल र विपरित दिशाबाट आइरहेकाे ना ३५ प ६४०० नम्बरकाे माेटरसाइकल एकआपसमा ठाेकिदा बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकलमा सवार यात्रुकाे बसले किचिएर मृत्यु भएकाे हाे ।

अर्काे माेटरसाइकल चालक कालिकामाई गाउँपालिका वडा नम्बर २ निवासी २९ बर्षिय अखिलेश कुमार मण्डल घाईते भएका छन् । घाइतेकाे उपचार वीरगंजस्थित नारायणी अस्पतालमा भइरहेकाे छ भने मृतककाे शव पाेष्टमार्टमकाे लागि नारायणी अस्पताल मै राखिएकाे छ । ठक्कर दिने बस र बस चालक सिन्धुलली कमलामाई नगरपालिकाकाे वडा नं. ४ का ५५ वर्षिय बिस्णु कुमार दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here