वीरगन्ज – पर्साको बिन्दबासिनी गाउँपालिकाले बहुवर्वा भाठ्ठामा सडक चौडा पार्न सडकको क्षेत्रभित्र पर्ने संरचना हटाउन थालेको छ ।शनिबारदेखि बिन्दबासिनी गाउँपालिकाले वडा नम्बर २ बहुवर्वा भाठ्ठामा सन्तु मियाँको घर देखि औध चौहानको घरसम्मको सडक छेउका संरचना हटाउन डोजर लगाइएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिनुभयो ।
शनिबार बहुवर्वा भाठ्ठामा सडक पेटी र सडक छेउमा निर्माण गरिएको भवनमा पालिकाले डोजर लगाएको हो । बिन्दबासिनी गाउँपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई २७ फिट चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पहिला ७ दिने सूचना आह्वान गरी जानकारी गराएको थियो त्यसपछि पालिकाले डोजर लाग्दा सम्पूर्ण गाउँबासीहरुको सहमती गरी १५ दिनको समय लिएका थिए हिजो १५ दिने समय वित्नसाथ आज पालिकाले डोजर चलाएको हो ।
तर हालसम्म ७० प्रतिशत व्यक्तिहरूले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएपछि मात्र बाँकी रहेको ३० प्रतिशत घरमा पालिकाले डोजर प्रयोग गरी आफैं सरचना हटाउन सुरु गरेको अध्यक्ष तिवारीले बताउनु भयो ।
पहिलो चरणमा लगभग २ किलोमिटर लामो दूरीमा परेको घरहरूमा डोजर लगाई बाटो खाली गरिएको उहाँले बताउनु भयो