32.1 C
Birgunj
Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
spot_img

शैक्षिक सुधारका लागि स्वंयसेवक शिक्षक भर्ना लिदै वीरगञ्ज महानगरपालिका

वीरगञ्ज, ८ जेठ
वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्वंयसेवक शिक्षक भर्ना गर्ने भएको छ ।
विद्यालयमा शिक्षक अभाव हुँदा विद्यार्थीको पठन पाठन प्रभावित भएको भन्दै महानगरले सोमबार स्वंयसेवक शिक्षक भर्नाका लागि आवेदन आह्वान गरेको हो ।विभिन्न विषयमा आधारभूत तह (६–८) का लागि १०६ जना स्वंयसेवक शिक्षक माग गरेको महानगरले माद्यमिक तहका लागि ७४ जना शिक्षक माग गरेको छ ।आधारभूत तहमा नेपाली विषयको लागि २९ जना, अंग्रेजी १५, गणित १८, विज्ञान २६, सामाजिक १० र कम्प्युटर विषयका लागि ८ जना स्वंयसेवक शिक्षक माग गरिएको छ ।
यस्तै माद्यमिक तहका लागि नेपाली विषयको १४ जना, अंग्रेजी १०, गणित १३, विज्ञान १२, सामाजिक १०, स्वास्थ्य जनसंख्या तथा वातावरण २, अर्थशास्त्र ४, लेखा २, गणित÷विज्ञान ५ र कम्प्युटर २ जना शिक्षक माग गरिएको छ ।
शैक्षिक योग्यता पुगेका १८ वर्ष उमेर पुरा भई ४० वर्ष ननाघेका जो कोही नेपाली नागरिकले ७ दिन भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
वीरगञ्ज महानगरका लागि झण्डै ३ सय जना शिक्षक अभाव रहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here