17.1 C
Birgunj
Homeसमाचारस्थानियभरपेट भोजनालय जेष्ठको पहिलो साता देखि पुन संचालनमा आउने ।

भरपेट भोजनालय जेष्ठको पहिलो साता देखि पुन संचालनमा आउने ।

बिरगंज, बैशाख २२

गरिब विपन्न तथा मजदुरहरुलाई ५० रुपैयाँमै खाना खुवाँउदै आएको ‘भरपेट भोजनालय’ पुनः संचालनमा आउने भएको छ । सानो पाइला नामक सामाजिक संस्थाले गरिब विपन्न मजदुर र विधार्थीका लक्षित गरि संचालन गरेको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो । बढ्दो महंगीका कारण खर्च थेग्न नसकेर बन्द गरिएको भरपेट भोजनालय जेठ महिनाको पहिलो सातादेखि पुनः संचालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दिपक बहादुर श्रेष्ठले बताए ।

भरपेट भोजनालयले शुक्रबार आयोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा भरपेट भोजनालय पुनः संचालनमा आउने श्रेष्ठले बताए । उनले भने ‘चार महिनादेखि भोजनालय बन्द छ, तर अहिले पनि गरिब, विपन्न र मजदुरहरु खाना खोज्दै दिनहु यहाँ आउछन्, बन्द भएको देखेर निराश भएर फर्किन्छन्, त्यसका कारण खर्चको व्यवस्थापन गरेर  जेठको पहिलो सातादेखि भोजनालय संचालनमा ल्याउने हामिले तयारीमा जुटेको उनले बताए ।

भोजनालय पुनः संचालनका लागि दीर्घकालीन उपाय खोज्नमा लागि परेको भन्दै दाताहरुबाट अहिलेसम्म ३० प्रतिशत रकम जम्मा भइसकेको छ, अब बाँकी रहेको ७० प्रतिशत रकम पनि दाताहरुबाटै जुटाउने अभियानमा लागेको श्रेष्ठको भनाई छ । यसका लागि वीरगन्ज महानगरपालिकासँग पनि समन्वय भइरहेको बताए ।

डेढ वर्षपहिले भरपेट भोजनालय संचालन गर्दाकै बखत यसको स्वामित्व स्थानीय सरकारले लिओस् भन्ने हाम्रो चाहना थियो तर त्यसो हुन सकेन भन्दै श्रेष्ठले अहिले मेयरसाबसँग कुरा भएको छ, उनी सकरात्मक हुनुहुन्छ, अब यसको दीर्घकालीन संचालनको व्यवस्था हुनेमा विश्वस्त रहेको श्रेष्ठको भनाई छ । उनका अनुसार वीरगंज महानगरपालिकाको मुर्लीमा २०७८ साउन ३१ गतेदेखि ५० रुपैयामा एक छाक खाना खुवाउने गरि भरपेट भोजनालय संचालनमा ल्याइएको थियो।

व्यपारभन्दा पनि सेवामुखी उद्देश्यले संचालित भोजनालय बढ्दो महंगीका कारण खर्च थेग्न नसकेर घाटामा गएको भन्दै सानो पाइलाले उक्त भोजनालय २०७९ पुस ११ गतेदेखि बन्द गरेको थियो । मासिक १ लाख ६२ हजार ९ सय रुपैया घाटामा जान थालेपछि भोजनालय बन्द गर्नु परेको श्रेष्ठको भनाई थियो । भोजनालयको मासिक खर्च ५ लाख ६ हजार ६ सय ६७ रुपैया हुँदै आएपनि आम्दानी भने ३ लाख ५८ हजार ७ सय ५० रुपैयाँ मात्रै थियो ।

हामीले प्रति व्याक्ति ५० रुपैयाँमा खाना खुवाउँदै आएका थियौं, तर त्यो खानाको लागत भने ८५ रुपैयाँ पथ्र्यो, ३५ रुपैयाँ घाटामा सेवा भावनाले हामीले भोजनालय संचालन गरि रहेका थियौं भन्दै श्रेष्ठले दाताहरु वा स्थानीय सरकारबाट सहयोग पाइन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर कतैबाट सहयोग नपाएपछि निरन्तर भइरहेको घाटा संस्थाले थेग्न नसकेर बन्द गर्नु परेको उनले बताए ।

भोजनालय संचालनमा रहेको १७ महिनाको अवधिमा संस्थाले २८ लाख ७४ हजार रुपैयाँ घाटा व्यवहोर्नु परेको र त्यो घाटा रकम संस्थाको कोषबाट पुर्ति गर्नु परेको संस्थाका संस्थापक एंव सल्लाहकार कञ्चन झाले जानकारी दिए । संस्थाको कोषपनि रित्तिएपछि अन्त्यमा केहि विल्कप नभएपछि भोजनालय बन्द गर्नुपर्ने अवस्था सृजना भएको बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here