वीरगंज पर्सा, ३० फागुन । नेपाल विधुत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अमोद कुमार यादवको अल्पायु मै निधन भएको छ । ४० वर्षिय अमोद यादवको हृदयघातबाट मंगलबार विहान निधन भएको हो ।
मंगलबार विहान ब्याडमिन्टन खेल्ने क्रममा अचेत भएका यदावको उपचारको लागि वीरगंजस्थित तराई अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले चेकजाँच गरेपछि मृत घोषणा गरेका थिए । प्रमुख यादवको असमायिक निधनले मंगलबार दिनभरी विधुत प्राधिकरण वीरगंज वितरण केन्द्र शोकमै रह्यो । सिराहा निवासी प्रमुख यादवको ४ बर्षिय र ६ बर्षिय दुईटा छोरी रहेको बुझिएको छ ।