28.4 C
Birgunj
Homeसमाचारस्थानियतीनजना पाकिस्तानी नागरिक अपहरण गरि फिरौती रकम लिने पक्राउ

तीनजना पाकिस्तानी नागरिक अपहरण गरि फिरौती रकम लिने पक्राउ

काठमाडौं, २९ पुस । पाकिस्तानी नागरिकलाई अपहरण गरेर फिरौती रकम लिने तीन पाकिस्तानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु मुहम्मद रासिद, मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैन रहेका छन् ।
उनीहरुले पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई क्यानडा लैजाने भनि पाकिस्तानबाट भिजिट भिसामा नेपाल पठाइ ठमेलस्थित होटलमा बसालेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारीका लागि क्यानाडा जान नेपालबाट सजिलो हुन्छ भनेर मोहम्मदलाई पाकिस्तानबाट काठमाडौं बोलाएका थिए । पाकिस्तानबाट काठमाडौं आएका मोहम्मदलाई उनीहरुले ठमेलस्थित होटलमा बस्न लगाएका थिए ।
पुस २४ गते दिउँसो साढे २ बायोमेट्रिक गर्नुपर्ने भन्दै ठमेलबाट ट्याक्सीमा राखेर बूढानीलकण्ठस्थित भाडामा लिएको घरमा पुर्याएका थिए । त्यहाँ पुर्याएर निजको आँखामा पट्टी तथा हातखुट्टासमेत बाँधेर बोल्न नसक्ने गरी बन्धक बनाएर राखेको ले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपित तीनै जनाले पीडितका पाकिस्तानमा रहेका भाइलाई आफू क्यानाडा जान लागेको र ३० घण्टासम्म मोबाइल अफ हुन्छ भनेर म्यासेजसमेत गर्न लगाएका थिए । त्यसपछि पुनः ३० घण्टापछि पीडितलाई भाइलाई म्यासेजमार्फत आफू क्यानाडाको इमिग्रेसनमा रोकिएकाले पैसा बुझाएमात्र प्रवेश दिन्छ भन्न लगाए । त्यसपछि पाकिस्तानबाट निजका भाइले पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार दिरामसमेत गरी २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम बुझाएपछि आरोपितहरुले पीडित मोहम्मद सामी खानलाई पुस २६ गते राति ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा पाकिस्तान फर्कनु भनेर छाडी फरार भएको प्रहरीले जनाएको छ ।
आफूलाई राति छाडेर फरार भएकाविरुद्ध पीडितले पर्यटक प्रहरीमा घटनाका सम्बन्धमा निवेदन दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी परिसर काठमाडौंले एक्सन चालनेको थियो । खोजतलासका क्रममा आरोपित फरारहरुलाई पुस २८ गते बुढानीलकण्ठस्थित भाडाको घरबाट प्रहरीले पक्राउ गरेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here