14.6 C
Birgunj
Homeसमाचारस्थानिय२ जना भारतीय नागरिकको निसासिएर मृत्यु

२ जना भारतीय नागरिकको निसासिएर मृत्यु

वीरगंज ,पर्सा २७ पुस ।पर्सामा कोईला बालेर सुतेका २ जना भारतीय नागरिकको निसासिएर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस कोइला डिपो रेखदेख गर्ने २ जना कर्मचारीको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
मत्यु हुनेमा भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नं. ७ बस्ने २९ वर्षीय पबित्र गिरी र भारत बस्ने सोही डिपोका म्यानेजर ३० वर्षीय मिथलेश यादव रहेका छन् । गएराति कोईला डिपोको एकतले पक्की भवनको कोठाभित्र झ्याल ढोका बन्दगरी राति सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि प्रहरीको उपस्थितिमा ढोका फोडेर हेर्दा दुवै जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम डिएसपी दिपक गिरीले जानकारी दिए ।
नारायणी अस्पतालबाट चिकित्सक सहितको टोली घटनास्टथल पुगेर घटनाको अनुसन्धान गर्ने क्रममा तगारीमा पत्थर कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको हुँदा उनीहरुको अक्सीजनको कमीका कारण निसास्सिएर मृत्यु भएको देखिएको प्रहरी प्रवक्ता गिरीले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here