27.4 C
Birgunj
Homeसमाचारस्थानियपर्सामा सत्ता गठबन्धन ५ , जसपा एमाले गठबन्धन २...

पर्सामा सत्ता गठबन्धन ५ , जसपा एमाले गठबन्धन २ तथा स्वतन्त्रले १ सिट हात पारे

वीरगंज पर्सा , ७ मंसिर ।  पर्सा जिल्लाको ८ वटा प्रदेशसभा सदस्यमा ५ वटा सत्ता गठबन्धन, २ वटा जसपा एमाले गठबन्धन तथा १ वटा स्वतन्त्र उम्मेदवार सिट हात पारेका छन् । पर्सा जिल्लामा ४ वटा निर्वाचन क्षेत्रमा ८ वटा प्रदेशसभा सदस्यको सिट रहेकोमा सत्ता गठबन्धनले आधा भन्दा बढि ५ स्थानमा सिट हात पारेको हो । पर्सा क्षेत्र नं. १ को (क) मा सत्ता गठबन्धन, (ख) मा जसपा एमाले गठबन्धन, क्षेत्र नं. २ को (क) मा सत्ता गठबन्धन, (ख) मा पनि सत्ता गठबन्धन, क्षेत्र नं. ३ को (क) मा स्वतन्त्र उम्मेदवार, (ख) मा सत्ता गठबन्धन तथा क्षेत्र नं. ४ को (क) मा सत्ता गठबन्धन एवं (ख) मा जसपा एमाले गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
पर्सा क्षेत्र नं. १ को (क) मा सत्ता गठबन्धनका उम्मेदवार रहबर अन्सारी विजयी भएका छन् । उनले ७ हजार ११७ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्धी जसपा एमाले गठबन्धनका उम्मेदवार विचारी यादवले ५ हजार ५१८ मत प्राप्त गरेका छन् । पर्साको क्षेत्र नं. १ को (ख) मा जसपा एमाले गठबन्धनका उम्मेदवार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी विजयी भएका छन् । गद्दीले ७ हजार ५४५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्धी सत्ता गठबन्धनका उम्मेदवार रामनारायण कुर्मीले ६ हजार ११२ मत प्राप्त गरेका छन् ।
यसैगरि पर्सा क्षेत्र नं. २ को (क) मा सत्ता गठबन्धनका उम्मेदवार श्याम पटेल विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्दी जसपा एमाले गठबन्धनका उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार ६ सय ५७ मतले हराउँदै पटेल विजयी भएका हुन् । कांग्रेस पर्साका पूर्व जिल्ला सचिव समेत रहेका पटेलले १३ हजार ७ सय ७४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकट्तम प्रतिद्वन्धी जसपा एमाले गठबन्धनका यादवले १२ हजार एक सय २७ मत प्राप्त गरेका छन् ।
पर्सा क्षेत्र नं. २ को (ख) मा सत्ता गठबन्धनकै उम्मेदवार रमेश कुर्मी विजयी भएका छन् । उनले ९ हजार ४७१ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहलाई २ हजार ६०७ मतले पराजित गर्दै कुर्मी विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्धी रुपेशमान सिंहले ६ हजार ८६४ मत प्राप्त गरेका छन् ।
यसैगरि पर्सा क्षेत्र नं. ३ को (क) मा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्धी जसपा एमाले गठबन्धनका उम्मेदवार अब्दुल रहिमलाई ४५१ मतले पराजित गर्दै विजयी भएका हुन् । जयसवालले ७ हजार ३८१ मत प्राप्त गरेका छन् भने उनका निकट्तम प्रतिद्वन्धी अब्दुल रहिमले ६ हजार ९३० मत प्राप्त गरेका छन् ।
पर्सा क्षेत्र नं. ३ को (ख) मा सत्ता गठबन्धनकै उम्मेदवार जनाद्र्धन सिंह क्षेत्रीय विजयी भएका छन् । नेपाली काँग्रेस पर्साका जिल्ला सभापति समेत रहेका क्षेत्रीले आफ्ना निकट्तम प्रतिद्वन्धी जसपा एमाले गठबन्धनकी उम्मेदवार डा. मधु गुप्तालाई २ हजार ६७६ मतले पराजित गर्दै विजयी भएका हुन् । क्षेत्रीले १० हजार १७२ मत प्राप्त गरेका छन् भने निकट्तम प्रतिद्वन्धी डा. गुप्ताले ७ हजार ४९६ मत प्राप्त गरेकी छिन् ।
यता पर्सा क्षेत्र नं. ४ को (क) मा सत्ता गठबन्धनका उम्मेदवार शंकर चौधरी विजयी भएका छन् । उनका निकट्तम प्रतिस्पर्धी जसपा एमाले गठबन्धनका उम्मेदवार जयप्रकाश थारुलाई १ हजार ७ सय १६ मतान्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् । चौधरीले १२ हजार १ सय ५४ मत प्राप्त गरेका छन् भने उनका निकट्तम प्रतिद्वन्धी जसपा–एमालेका गठबन्धनका उम्मेदवार थारुले १० हजार ४ सय ३८ मत प्राप्त गरेका छन् ।
पर्सा क्षेत्र नं. ४ को (ख) मा जसपा एमाले गठबन्धनका उम्मेदवार सिंघासन साह कलवार विजयी भएका छन् । कलवारले आफ्ना निकट्तम प्रतिद्वन्धी स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानुलाई ३ हजार ४४ मतले पराजित गर्दै विजयी भएका हुन् । कलवारले १५ हजार ३ सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकट्तम प्रतिद्वन्धी स्वतन्त्र उम्मेदवार कानुले १२ हजार ३४१ मत प्राप्त गरेका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here