28.4 C
Birgunj
Homeसमाचारस्थानियमेरो जित सुनिश्चित छ युवा नेता सन्तोष पटेल

मेरो जित सुनिश्चित छ युवा नेता सन्तोष पटेल

बिनोद पटेल
कलैया मंसिर १ – बारा क्षेत्र नं. ३ को प्रदेशसभा सदस्य मा ३ को  “ख” मा जनमत पार्टीबाट उम्मेदवार बनेका युवा नेता संतोष पटेलको घरदैलो कार्यक्रममा  जनताको भिड उमडिएको छ ।जनमत पार्टीले विहिवार कलैया को विभिन्न वाडामा गरेको घरदैलो तथा चुनावी सभामा उल्लेखनीय  संख्यामा जनताहरुको उपस्थिति देखिएको थियोे ।जिल्लाको मध्य दक्षिणमा पर्ने उतर क्षेत्रमा पटेलको समर्थन बढ्दै गएपछी अन्य दलका नेताहरु निन्द्रा उडेको छ  ।

युवाहरुको माझ पहिला देखि नै लोकप्रिय रहेका युवा  नेता पटेललाई हरेक वर्गको जनसमर्थन बढदै गएपछि उनको चर्चा  अहिले कलैया क्षेत्र नम्बर ३ को “ख” मा प्रदेशसभाको चुनाव मा अहिले  अग्रबिन्दुमा रहेको क्षेत्र नम्बर ३ को “ख” का जनता हरुको जनमत तथा  भनाईरहेको छ ।

सो क्षेत्र बाट मुख्य प्रतिस्पर्धीको रुपमा जनता समाजवादी पार्टीबाट निर्वाचित निवर्तमान प्रदेश सभा सदस्य पारष प्रसाद साह तथा नेकपा एमाले बाट महम्द समिर रहेका छन्  भने उक्त क्षेत्रबाट वाम–लोकतान्त्रीक गठबन्धनबाट कांग्रेस बाट  जयचन्द्र चौरसिया “भोला” पनी उम्मेदवारि दिएका छन् ।
मधेश आन्दोलनबाट उदाएका पटेल २०६४ सालको  आन्दोलनमा बारा जिल्लाको पहिलो घाईतेको रुपमा उनि चिनिन्छन । जिउंदो शहिद समेत समाजबाट चिनिएका पटेलले आफुलाई तत्कालिन पार्टी तथा त्यहाँका नेताहरुले अन्याय गरेता पनी यसपाली को चुनाव मा भने जनताले असल न्याय गर्ने तथा आफुलाई विजयी गराउने उनले आफ्नो बिशवास व्यक्त गरे ।

घरदैलो कार्यक्रम पश्चात आयोजित चुनावी सभामा बोल्दै पटेलले वर्तमान प्रदेशसभा सदस्यले क्षेत्रमा विकाश गरेको झुठो प्रचार गरेको र जमिनि रुपमा कुनै ठोस काम गर्न नसकेको आरोप समेत लगाएका थिए । 

भरत को सिमाना सङग जोडिएको हाम्रो  कृषक दाजुभाई तथा दिदिबहिनीहरुले मलखाहरु सहि समयमा जनता हरुलाई नपाएको उनको भनाई रहेको थियो । यश  क्षेत्रका जनताले सरकारबाट पाउनुपर्ने आधारभुत आवश्यक्ताका शुविधा समेतहरु नपाएको उनले बताए ।

उनले आफुले जिते सो क्षेत्रको जनताको हरेक सुख दुख मा एम्बुलेन्स जस्तै २४ औ घन्टा जनताहरुमा आफुलाई समर्पित गर्ने उनको प्रतिबद्धता समेत  गरेका थिए ।
जनमत पार्टीको चुनाव चिन्ह “हर्न” छाप लाउड्स्पिकर मा मतदान गरि बिजयी बनाउन  युवा नेता सन्तोष पटेलले आग्रह समेत गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here