बिरगंज २४ कार्तिक, । स्वतन्त्र बाट प्रदेश सभाका लागि पर्सा निर्वाचन क्षेत्र नं ३ को “क” बाट प्रमोद जैसवाल ले चुनावी एजेण्डामा भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिएका छन ।नेता जैसवाल ले हरेक गाउँपालिका र नगरपालिका सबै वडाहरुलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिवद्धता जनाएका छन । उनले सबै वडाहरुलाई आउँदो ५ वर्षमा पक्कि सडकको रुपमा विस्तार गरिने, प्रत्येक गाउँमा खानेपानीलाई पाइपलाइनका माध्यमले वितरण कार्यको आरम्भ गरिने प्रतिवद्धता जाहेर गरेका छन । स्वतन्त्र बाट प्रदेश सभाका लागि बारा निर्वाचन क्षेत्र नं ३ को “क” बाट प्रमोद जैसवाल को चुनाव चिन्ह काउली कोभी हो
नेता जैसवाल ले आफ्नो निर्वाचन क्षेत्रमा ढल, नाला र पानीको निकासलाई व्यवस्थित गरी व्यवस्थित बसोबासको प्रवन्ध मिलाउने, सडक बत्ती, सौर्य बत्ती तथा हरियाली प्रबर्द्धनका लागि सडकपेटीमा बृक्षारोपण अभियान अघि बढाउने पनि उनले उल्लेख गरेका छन् ।