23.6 C
Birgunj
Homeसमाचारस्थानियजि.एच.पि. स्कुलको गुण्डागर्दी, शुल्कबारे बुझ्न जाँदा अभिभावक संघर्ष समितिका पदाधिकारीमाथि दुव्र्यवहार

जि.एच.पि. स्कुलको गुण्डागर्दी, शुल्कबारे बुझ्न जाँदा अभिभावक संघर्ष समितिका पदाधिकारीमाथि दुव्र्यवहार

वीरगंज (पर्सा), ७ भदौ ।
वीरगंजको पावरहाउस चोक स्थित रहेको जि.एच.पि. स्कुलका शिक्षकहरु गुण्डागर्दीमा उत्रेका छन् । शुल्क नबुझाएको कारण विद्यार्थीहरुलाई परीक्षणबाट बञ्चित गर्ने अभिभावकहरुले गुनासो गरेपछि अभिभावक संघर्ष समितिका संयोजक सन्दिप साह सहितको टोली विद्यालयमा गुनासो गर्न जाँदा विद्यालयका शिक्षकहरु गुण्डागर्दीमा उत्रेका थिए ।

 

शुल्क बुझाएमात्रै परीक्षा प्रवेश पत्र दिने भनेपछि अभिभावकहरु संघर्ष समितिलाई जानकारी गराएका थिए । विद्यालयमा बालबालिकाहरु अध्ययनरत रहेको अवस्थामा ढिलो चाँडो शुल्क बुझाउने गरेतापनि परीक्षा अगावै सम्पूर्ण शुल्क बुझाउनुपर्ने, नत्र प्रवेश पत्र नै नदिने विद्यालयले भनेपछि संघर्ष समितिका पदाधिकारीहरु यो समस्यालाई समाधान गर्नका लागि विद्यालयमा पुगेका थिए ।
संघर्ष समितिका संयोजक सहितका पदाधिकारीहरु विद्यालयमा पुग्ने वित्तिकै विद्यालयको कम्प्युटर शाखामा कार्यरत सन्तोष कुशवाहा र शिक्षक सुभाष कुशवाहाले संघर्ष समितिका पदाधिकारीहरुमाथि हातपात सहित दुव्र्यहार गर्दै विद्यालय हाता बाहिर निकालेका थिए । संयोजक सन्दिप साहका अनुसार विद्यालयमा जम्मा भएका अभिभावकहरुकै अगाडि यो शुल्कको विषयमा कुराहरु राख्न खोज्दा विद्यालयका कर्मचारीद्वय तपाईको छोरा यहाँ पढ्दैन, तपाई को हो ? यहाँबाट जानुस् भन्दै दुव्र्यहार तथा हातपातमा उत्रिएको जानकारी दिए ।

उनका अनुसार एकजना अभिभावकले शुल्क बापतको १० हजार बुझाउँदा १ दिन मात्रै परीक्षा दिन पाउने, बाँकी पुरा शुल्क बुझाएमात्रै सम्पूर्ण परक्षा दिन पाउने भन्दै विद्यालयले थर्काएको प्रमाण पनि रहेको बताए । शिक्षकद्वय र संघर्ष समितिका पदाधिकारीबीच केहीबेर तनाव पनि सृजना भएको थियो । विवाद उत्पन्न भएपछि तत्काल त्यहाँ पुगेकी विद्यालयकी प्रधानाध्यापिका रोमी कौर पनि विवादलाई समाधान गर्नुभन्दा पनि अभिभावकहरुलाई नै दुव्र्यवहार गरेको उनको भनाई छ ।
विवाद पश्चात अभिभावक संघर्ष समितिले उक्त घटनाबारे वीरगंज महानगरपालिकालाई ध्यानाकर्षण गराउँदै जि.एच.पि. स्कुललाई कारवाहीको माग गरेको छ । संघर्ष समितिका संयोजक सन्दिप साह सहित जि.एच.पि. स्कुलका बालबालिकाको अभिभावकहरुको टोलीले वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुखलाई घटनाबारे जानकारी गराउँदै आवश्यक कारवाहीको लागि माग गरेको छ । टोलीमा अभिभावक सुमित्रा शर्मा, सरिता लम्साल, ज्योति चौरसिया, रिंकु सिंह, प्रतिमा मिश्रा, नन्दलाल रौनियार, सारदा राउत कुर्मी लगायतको उपस्थिति रहेको थियो ।
जि.एच.पि. स्कुलको यो पहिलो विवाद होइन, उक्त विद्यालयमा पटक पटक शुल्कको विषयलाई लिएर विवाद हुँदै आएको छ । अभिभावकलाई जबरजस्ती थर्काएर शुल्कको नाममा पैसा लुट्ने जि.एच.पि. स्कुलको बानी नै बसि सकेको छ । बालबालिकालाई पढाउने अभिभावकलाई शुल्कको आफै चिन्ता हुन्छ, ढिलो चाँडो हुन सक्छ तर शुल्कको नाममा परीक्षाबाट बञ्चित गर्नु उक्त स्कुलको बानी नै हो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here