16.4 C
Birgunj
Homeसमाचारस्थानियहजारी मल धर्मशाला प्रकरणमा भारतीय नागरिक भूमाफिया महेश अग्रवालको नयाँ प्रपन्च

हजारी मल धर्मशाला प्रकरणमा भारतीय नागरिक भूमाफिया महेश अग्रवालको नयाँ प्रपन्च

वीरगंज,श्रावण १५
लामो समयदेखि चर्चा, दावि र विरोध हुँदै आएको वीरगंजको मुटु आदर्शनगरमा रहेको हजारी मलको जग्गा विवादले नयाँ मोड लिएको छ । वीरगंज महानगरपालिकाले शुरु गरेको नाला सफाई तथा अतिक्रमण हटाउने अभियान अन्तर्गत केहि दिन पहिले हजारी मलको बन्द ढोकामा लगाईएको ताला तोडेर नाला सफाई गरेको भिडियो सार्वजनिक भएको थियो । हजारी मल आफ्नो दावि गर्दै आएका भारतीय नागरिक भूमाफिया महेश अग्रवालले पुनः तालाबन्दि गरेपछि वीरगंज महानगरले मलको गेट समेत तोडेर निकालेको थियो ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भू-माफियाले कब्जा गरेका र विभिन्न प्रपञ्च गरि हात पारेका सम्पुर्ण सार्वजनिक जग्गाहरु महानगरको मातहतमा ल्याउने यसअघि नै घोषणा गरिसक्नुभएको छ । हजारी मलको विषयमा महानगरले एक्सन लिएपछि भूमाफिया अग्रवाल वीरगंज स्थित भारतीय महावाणीज्य दुतावासको शरणमा पुगि उक्त जग्गा दुतावासलाई नै हस्तान्तरण गर्न तैयार भएको श्रोतबाट थाहा हुन आएको छ । उनले हजारी मलको नाममा आदर्शनगरकै भाजुरत्न अगाडि रहेको भवन, मुर्लीमा रहको जग्गा र ईनर्वामा रहेको बगैँचा लगाएतको सम्पत्ति हकभोगमा दुतावासको सहयोग पाउने आशमा आदर्शनगर राणीसती अगाडि रहेको जग्गा दुतावासले हकभोग गर्ने गरी दिन तैयार भएको श्रोतले जानकारी दिएको छ ।
हजारी मल भारतीय नागरिकको नाममा दर्ता गर्न लागिएको भन्दै यसअघिनै यहाँका राजनितिक दलले विरोध गर्दै आएका थिए । पछिल्लो मधेश आन्दोलनको मौका छोपी भारतीय नागरिक भूमाफिया महेश अग्रवालले हजारी मल धर्मशाला धेरै वर्ष अघि मृत्यु भईसकेका रामकृष्ण अग्रवालको नाममा निजि ट्रष्टको रुपमा दर्ता गराउन सफल भएका थिए । उक्त विषय सार्वजनिक भएपछि तत्कालिन समयमै राजनितिक दलहरुले वर्षौंअघि मृत्यु भईसकेका त्यो पनि भारतीय नागरिकको नाममा सार्वजनिक जग्गा निजि ट्रष्टको नाममा दर्ता भएकोमा विरोध जनाएका थिए ।
यस विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग बुझ्दा हजारी मल सार्वजनिक जग्गा भएकोले कुनै पनि हालतमा महानगरको नाममा ल्याईने बताउनुभयो । भारतीय नागरिकको नाममा कुनै विधि र पद्दतिले ट्रष्ट दर्ता हुन नसक्ने बताउँदै त्यो पनि मरिसकेको व्यक्तिको नाममा दर्ता भएकोले यसउपर थप कानुनी कारवाहि समेत हुनुपर्ने उहाँले बताउनुभयो । मेयर सिंहले ट्रष्ट दर्ता देखि भोगचलनसम्मको सम्पुर्ण विषय उपर अख्तियार लगाएत नेपाल सरकारको सम्बन्धित निकायलाई आफैँ उपस्थित भएर पुनः छानविन र कारवाहिका लागि निवेदन गर्ने जानकारी दिनुभयो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here