14.1 C
Birgunj
Homeसमाचारप्रदेशविश्व हिन्दु परिषद नेपाल ले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन...

विश्व हिन्दु परिषद नेपाल ले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र

पर्सा १४ असार मंगलबार । विश्व हिन्दु परिषद नेपाल, पर्साले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सहभागितामा जमियत उलेमा ए— नेपाल नामक मुस्लिम संगठनले नेपाली जनताको भावना विपरित ल्याएको प्रस्तावको विरोध गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

हालै जसपा अध्यक्ष यादव र मुस्लिम आयोगका अध्यक्ष समिम अंसारीको सहभागितामा जमियत उलेमाले आयोजना गरेको एक कार्यक्रममा, बक्फ बोर्ड गठन, मदरसा विध्येक, विभिन्न बहानामा नेपाल बसेका रोहिङ्गयाहरुलाई आधिकारीकता प्रदान मुस्लिम परिवार कानून लगायतको प्रस्ताव पारित गर्दै नेपाल सरकार संग माँग पुरा गर्न दबाब दिएका थिए ।

जमियत उलेमाले ल्याएको प्रस्ताव राष्ट्रविरोध प्रस्ताव रहेकोले तत्काल रोक्नुपर्ने माँग गर्दै विहिप पर्साका अध्यक्ष बृजेश मल्लिकको नेतृत्वमा रहेको विहिपका कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत प्रधानमन्त्री एवं मन्त्रिपरिषदलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रजिअलाई बुझाएको ज्ञापन पत्रमा, विश्व आज एउटा समुदाय विशेषको कट्टरताले आतंकित रहेको सर्वविदितै छ । फरक विचार राख्ने समुदायलार्य विभिन्न तरिकाले प्रताडित गर्ने कट्टर मानसिकता भएको समूह प्रायः सबै देशहरुमा सक्रिय रहेको उल्लेख छ ।

आतंकबादलाई बढावा दिएको भन्दै तब्लिगी जमात नामक ईस्लामिक जिहादी संगठनमाथि साउदी अरबले प्रतिबन्ध लगाएको कदमलाई विश्वका अनेकौं राष्ट्रहरुले स्वागत गरेको थिए । मानवताको लागि चुनौतीपूर्ण मानिएको यस प्रकृतिका संगठनको काम कारवाही नेपालमा समेत विस्तार हुँदै गएको तथ्य बाहिर आएको ज्ञापन पत्रमा उल्लेख छ ।

यस्ता ईस्लामिक संगठनहरु कै प्रभाव एवं प्रयासमा मदरसाहरुको अनियन्त्रित विस्तार र त्यसमा विदेशी मौलवी÷मौलानाहरुको प्रवेशलाई सुरक्षा चूनौतीको रुपमा लिनुपर्ने देखिएको ज्ञापनमा उल्लेख छ । जमियत उलेमा ए—नेपाल नामक संगठनद्धारा प्रस्तुत प्रस्तावहरु समाजिक सदभावलाई खलल पार्ने एवं बहुसंख्यक नेपाली जनताको भावना विपरित रहेको हाम्रो ठहर रहेको ज्ञापनमा उल्लेख छ ।

ज्ञापन पत्रमा भनिएको छ, बक्फ बोर्डमा एक पटक गएको जमिन सरकारले फिर्ता लिन पाउँदैन । त्यो मुस्लिम समाजकै हुने प्रावधान छ भारतमा । नेपालमा पनि त्यस्तै हजारौ विगाहा जमिन हडप्ने षडयन्त्र हो ।, मुस्लिम धर्मकै जानकार तथा अगुवाहरुका अनुसार आंतकी गतिविधिमा मुस्लिम लाग्नुका पछाडी मदरसामा पढाईने कट्टर पन्थी शिक्षा नै हो जसले गैर मुस्लिम प्रति द्धेषभाव राख्न सिकाउँछन । अतः मदरसा विधेयक पूर्णरुपमा राष्ट्रघाती हो ।

विभिन्न बहानामा नेपाल पसेका रोहिङ्गया, बङ्गलादेशी, भारतीय तथा पाकिस्तानी मुस्लिमलाई आधिकारीकता प्रदान गनृ यो सबै षड्यन्त्र हुदैछ । जसबाट नेपाली भूमीलार्य मित्रराष्ट्र विरुद्ध प्रयोग गर्न सकिन्छ । मुस्लिम परिवार कानुनको माध्यमले बहुविवाह तथा लव जिहादलाई कानूनी मान्यता दिलाई हिन्दु चेलीवेटीहरुलाई धमान्तरण गराउँने षडयन्त्र हो, ज्ञापन पत्रमा उल्लेख छ ।

हज हाउस बनाएर विश्वभरिका ईस्लामिक प्रशिक्षक बोलाएर प्रशिक्षण दिई कट्टरपन्थी भाव फैलाई देशको अमनचयनमा खलल पु¥याउँने दुष्प्रयास पनि रहेको ज्ञापन पत्रमा लेखिएको छ । ईस्लामिक जिहादीहरुद्धारा गौ हत्या, लव जिहादी एवं बहुसंख्यक हिन्दु जनतामाथि बर्बर दमन र आक्रमणका घटनाक्रम तिव्र रहेकै अवस्थामा यस किसिमको संगठनको गतिविधि हुनु थप संकास्पद रहेको छ ।

देशको सांस्कृति पहिचानलाई खलल पु¥याउनेमाथि कडा कारवाही एवं अंकुश लगाउन विश्व हिन्दु परिषद नेपाल सरकार समक्ष हार्दिक अपिल समेत ज्ञापन पत्र मार्फत गरिएको छ । ज्ञापन पत्र बुझाउँन विश्व हिन्दु परिषद नेपालका पप्पु वर्णवाल, रवि कुमार, दिनानाथ गुप्ता, अमन बर्णवाल लगायतको सहभागिता रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here