23.6 C
Birgunj
Homeसमाचारप्रदेशपाँच दलीय गठबन्धन बाट जनता समाजवादी पार्टी नेपालबाट मेयर मा जितेका राजेशमान...

पाँच दलीय गठबन्धन बाट जनता समाजवादी पार्टी नेपालबाट मेयर मा जितेका राजेशमान सिंह को बुधबार दिउँसो आदर्शनगर रंगशालाबाट विजय जुलुश निकालियो ।

वीरगंज चैत ११ बुधबार । वीरगंज महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएपछि बुधबार निकालिएकाे विजयी जुलुश सम्पन्न भएकाे छ ।

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंह र नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएपछि नगरवासीलाई धन्यवाद दिँदै खुसियाली मनाउन बुधबार विजय जुलुस निकालिएको थियाे ।

पाँच दलीय गठबन्धनका नेताहरुको सहभागितामा बुधबार दिउँसो आदर्शनगर रंगशालाबाट संयुक्त विजय जुलुश निकालिएको हो ।

संयुक्त विजय जुलुशमा नवनिर्वाचित मेयर सिंह, उपमेयर आलम, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, काँग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीका साथै जसपा, काँग्रेस, माओवादी र नेकपा एसका नेता कार्यकर्ता र समर्थकहरुकाे सहभागिता रहेकाे थियाे ।

जुलुसले महानगरका विभिन्न वडाहरुको परिक्रमा गर्ने योजना रहेको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकरी दिए ।

आदर्शनगरबाट शुरु भएको गठबन्धनको विजय जुलुश घडिअर्वा, घण्टाघर, मुर्ली चोक, पावरहाउस चोक, गण्डक चोक हुँदै परवानिपुर पुगेको थियाे । त्यसपछि जुलुस परवानीपुरबाट जितपुर हुँदै वीरगञ्ज महानगरको टेढा, सोलाखपुर, मिलनचोक, कट्गेनवा, बेलवाचोकबाट लालपर्सा, जगरनाथपुर, भवानीपुर, मनियारी आएर त्यहाबाट प्रसौनिबिर्ता, सबैठ्वा, रामगढवा, सिर्सिया, खल्वाटोला, इनरवा हुँदै नगवा, भेडियाही, लक्षमणवाम चोेकमा पुगेर सम्पन्न भएकाे थियाे ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here