16.4 C
Birgunj
Homeसमाचारस्थानियछोटो समयमै आफ्नो छुटै पहिचान बनाउन सफल ओम होस्पिटल पाचौँ वर्षमा प्रवेश

छोटो समयमै आफ्नो छुटै पहिचान बनाउन सफल ओम होस्पिटल पाचौँ वर्षमा प्रवेश

 

वीरगंज, १० बैशाख ।
वीरगंज ओम हस्पिटल प्रसुती गृह तथा निःसन्तान (बाझोपन) उपचार केन्द्र ५ औं वर्षमा प्रवेश गरेको छ ।
वीरगंजको बिर्ता स्थित पुरानो नापी शाखा भवनमा सञ्चालित वीरगंज ओम हस्पिटल स्थापना भएको आज ५ औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा वीरगंजको होटल लडस दयालुमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ ।
अस्पतालले मधेश प्रदेशमा पहिलो पल्ट अन्तर्राष्ट्रिय स्टरको स्टान्र्डर आईभिएफ सेन्टर पनि निर्माण गर्न लागेको जनाएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक डा. रामाशंकर दीपको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल चिकित्सक संघका अध्यक्ष डा. अरुण कुमार सिंह, बिशिष्ट अतिथी डा. प्रमोद सर्राफ, अतिथीहरु स्त्रीरोग विशेषज्ञ डा. मञ्जु लता अग्रवाल, क्यान्सर बिशेषज्ञ डा. सुरेश दीप लगायतका व्यक्तिहरुले अस्पतालले मेडिकल क्षेत्रमा कम समयमै आफ्नो छुटै पहिचान बनाउन सफल भएकोमा बधाई दिदै उत्तरोतर प्रगतिको कामना समेत गरेका थिए ।
अस्पतालका सञ्चालक स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जगत दीपले ओम अस्पतालबाट दुरबिनको माध्यमबाट पाठेघरको शल्यक्रिया (ल्याप्रोस्कोपी) बिधिबाट (टिएलएच) हाल सम्म १२५ भन्दा बढि गर्न सफल भएको बताउदै सुईद्धारा बच्चा पाउने (आईयुआई) २ सय भन्दा बढी सफल शल्यक्रिया गर्न सफल भएको आफ्नो प्रस्तुती मार्फत जनाउनु भएको थियो । अस्पतालले हाल सम्म २ सय भन्दा बढि निसन्तान दम्पतिको सफल उपचार गरी बच्चाको जन्म दिन सफल भएको समेत डा. जगत दीपले बताउनु भयो ।
सो अवसरमा क्यान्सर रोग विशेषज्ञ डा. सुरेश दीपले क्यान्सर भनेको के हो, क्यान्सरका प्रकार, लक्षण, बच्ने उपाय लगायतका बारेमा प्रस्तुतीकरण दिनु भएको थियो । सो अवसरमा क्यान्सर रोग विशेषज्ञ डा. दीपले क्यान्सर रोग ठूलो र महँगो उपचार भए पनि समयमै उपचार गराए निको हुन सक्ने समेत बताउनु भयो । डा. दीप ओम अस्पताल वीरगंजमा महिनामा २ दिन आएर सेवा दिने बताउनु भएको छ ।
सो कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत्त चिकित्सक, डाक्टर, नर्स, शिक्षक, सञ्चारकर्मी लगायतका सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here